पाटेनागी । इलामको पर्यटकीय क्षेत्र पाटेनागी क्षेत्रमा नेपाली झण्डा राखिएको छ । पर्यटन प्रवद्र्धन गर्ने उदेश्यका साथ इलाम नगरपालिकाले पाटेनागी क्षेत्रमा नेपाली झण्डा राखिएको हो ।

इलाम नगर प्रमुख केदार थापा, उप–प्रमुख बिष्णु दाहाल र १२ वटै वडाका वडाध्यक्षहरुको उपस्थितिमा इलाम नगरपालिकाले झण्डा स्थापना गरेको हो । इलाम नगरपालका, देउमाई नगरपालिका र पाँचथरको फिदिम नगरपालिका, फाल्गुनन्द गाउँपालिकाको सीमा क्षेत्र रहेको पाटेनागीबाट हिमाली दृश्य, सूर्योदय र सुर्यास्तको दृश्यावलोकन गर्न सकिन्छ ।








