Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

रजत महोत्सवमा पत्रकार भण्डारी सम्मानित

रजत महोत्सवमा पत्रकार भण्डारी सम्मानित

  • सन्देश सम्वाददाता
  • आइतबार, पौस २ २०७४


रजत महोत्सवमा पत्रकार भण्डारी सम्मानित

इलाम : रजत महोत्सव र तीन दिने च्याउ खेती तालिम समापनको अवसर मा नेपाल नेत्रहिन संघ इलामले इलामका पत्रकार भगीरथ भण्डारी शनिबार सम्मान गरेको छ । अपांगता भएर पनि लगातार पत्रकारिता क्षेत्रमा क्रियाशिल रहेको र अपांगता क्षेत्रमा कलम चलाएको भन्दै नेपाल नेत्रहिन संघले भण्डारीलाई सम्मान गरेको हो । भण्डारी सन्दकपूर दैनिक पत्रिकाको प्रबन्धक रहेका छन् ।

नेपाल नेत्रहिन संघ इलामको परियोजना अन्तर्गत दृष्टिबिहीन तथा दृष्टियुक्त व्यक्तिहरुको लागि गरिएको तीन दिने च्याउ खेती तालिम पनि शनिबार सम्पन्न गरेको छ । इलाम नेत्रहिन संघको आयोजनामा भएको च्याउ खेती तालिममा १२ जना दृष्टी विहिन व्यक्तिको सहभागिता थियो ।

दृष्टिबिहीन व्यक्तिहरुको आर्थिक स्तर वृद्घि गरी व्यवसायी वनाउनका लागि तालिम आयोजना गरिएको परियोजनाकी संयोजक ममता गुरागाँइले बताएकी छिन् । तालिमको सहजीकरण नारायणप्रसाद पौडेलले गरेका थिए नेत्रहिन संघ इलामका अध्यक्ष पदम सुब्बाको अध्यक्षतामा र करुणा फाउण्डेशन इलामका लेखा अधिकृत अशोक अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा सहभागी प्रशिक्षर्थीलाई प्रमाण पत्र बितरण गरिएको थियो । कार्यक्रममा महिला तथा बालबालिका कार्यालय इलामकी एलिना निरौँलाले शुभकामना मन्तव्य र संस्थाकी कोषध्यक्ष मिना थेवेले स्वागत मन्तव्य राखेको संस्थाकी सचिव राधिका पौड्याले जानकारी दिइन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार