पाँचथर । राष्ट्रिय गौरवको आयोजना तमोर कोरिडोरले छिमेकी राष्ट्रय चीन र भारतलाई जोड्न अब तीन किलोमिटर मात्र बाँकी छ । तमोर कोरिडोर आयोजनाको काम अहिले ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–७ ओलाङचुङगोमा क्षत्रेमा प्रवेश गरेको छ ।
कोरिडोरको अन्तिम ट्रयाक खोल्ने काम गरिरहेको छ । आगामी फागुन मसान्तअगाडि नै चीनसँग सडक सञ्चालनले जोड्नेछ । तमोर नदी पार गरेर नदीको किनार हुँदै चीन रिउ बजारसँग कोरिडोले जोडिनेछ । चीन र नेपालको टिप्ताला नाकादेखि ओलाङचुङगोला हँुदै गैरी पाटीसम्म ३५ किलोमिटर लम्बाइ ट्रयाक चीनको निर्माण कम्पानीले दुई वर्ष अगाडि नै खोलिसकेको छ । सुनसरीको चतारादेखि धनकुटाको मूलघाट, तेह्रथुम, पाँचथर र ताप्लेजुङको फक्ताङलुङ–७ ओलाङचुङगोलाको सुकेपानी गत साता प्रवेश गरेको छ । गैरीपाटी र सुकेपानीको दूरी तीन किलोमिटर पर्ने उतर दक्षिण लोकमार्ग हो । सुनसरीको चतारादेखि ओलाङचुङगोलासम्म २३० किलोमिटर पर्दछ । ओलाङचुङगोलादेखि टिप्ताला नाकासम्म २४ किलोमिटर पर्दछ । तमोर कोरिडोरको जम्मा २५४ किलोमिटरमा पर्दछ । यसमा २५४ किलोमिटरमा चोतारादेखि टिप्पताला नाकासम्म पर्दछ ।

प्रदेश १ को राजधानी विराटनगरको नाका भारतको जोगवनीदेखि ६० किलोमिटरमा सुनसरीको चोतारा पर्दछ । ३१४ किलोमिटरले भारत र चीन प्रत्यक्ष सडक सञ्चालनले जोड्ने उतर दक्षिण लोक सडक आयोजनाको कार्यालय ताप्लेजुङले जनाएको छ ।

ओलाङचुगोलाहुदै चीन जोड्ने तमोर कोरिडोरको ट्रयाक निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । धनकुटाको मूलघाटबाट खन्न सुुरु गरिएको यो सडक ताप्लेजुङ हुँदै नेपाल चीन सिमाना ओलाङचुङगोलासम्ममा अहिले ट्रयाक खोल्लने काम भइरहेको छ ।

करिब १८० किलोमिटर लम्बाइको यो सडक धनकुटाको साँगुरीगढी गाउँपालिका–२ देखि पाँचथरको लुबुघाट माझिटार ताप्लेजुङ छिचोलेर ओलाङचुङगोला हुँदै नेपाल र चीनको नाका टिप्तालासम्म पुग्नेछ । यो सडकखण्डमा विभिन्न आकारका १० वटा पुल निर्माण हुने क्रममा रहेको ओयोजनाले जनाएको छ ।

तमोर कोरिडोर विसं २०६५ मा सडक निर्माण सुुरु गराएको थियो । त्यतिखेर सडक उपभोक्ता समिति गठन गरी निर्माण थालिएको थियो । २०६७ सालमा यो सडकलाई राष्ट्रिय गौरवको प्राथमिकता प्राप्त आयोजना घोषित गरी निर्माण अघि बढाइएको हो ।

भारत र चीनलाई जोड्ने सबैभन्दा छोटो सडकका रूपमा तमोर कोरिडोरलाई विकास गर्न लागिएको सरकारले दाबी गरेको छ । यो सडक निर्माण सम्पन्न भएपछि भारततर्फ जोगवनी नाका र चीनतर्फ तिब्बतस्थित रियु व्यापारिक केन्द्रसँग नेपाल जोडिनेछ । तमोर नदिको किनारै किनारको यात्रा आनन्ददायी र रोमाञ्चित छ ।