Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

सूर्योदयमा काँग्रेसले छान्यो उमेद्धवार

सूर्योदयमा काँग्रेसले छान्यो उमेद्धवार

  • स्मिता देवान राई
  • सोमबार, जेष्ठ १ २०७४


सूर्योदयमा काँग्रेसले छान्यो उमेद्धवार

इलाम । जेठ ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि पूर्वी इलामको सूर्योदय नगरपालिकामा नेपाली काँग्रेसले आफ्ना उमेद्धवार चयनमा तिब्रता दिएको छ । चुनावको मिति नजिकिँदै गर्दा नेपाली काँग्रेसको क्षेत्रीय समितिले सूर्योदयका १४ वटा वडामध्ये १० वटा वडामा आफ्ना उमेद्धवार टुङ्गो लगाएको हो ।
काँग्रेसले आफ्नो पार्टीको तर्फबाट सूर्योदय नगरपालिकाको वडा नम्बर १ मा राजकुमार लिम्बु, २ मा प्रमोद राई, ३ मा डिसेन राई, ४ मा उमेस लेप्चा, ५ मा रविन देवानलाई उमेद्धवार चयन गरेको हो । यसैगरि वडा नम्बर ७ मा लेखनाथ आचार्य, ९ मा पुण्य मुखिया, ११ मा सोनाम छिरिङ्ग काजि, १३ मा डिबी राई र वडा नम्बर १४ मा नर बहादूर सुवेदी चयन भएका छन् ।
नेपाली काँग्रेस क्षेत्रीय समितिका अनुसार वडा नम्बर ६, ८, १० र १२ मा आकांक्षी धेरै भएकाले उमेद्धवारको टुङ्गो लाग्न सकेको छैन । यसैगरि सूर्योदय नगरपालिकामा मेयरमा तीन जना र उप–मेयरमा दुई जना टिकटको दौडमा रहेका छन् ।
मेयरका लागि क्षेत्र नम्बर १ नेपाली काग्रेसका क्षेत्रीय सभापति दुर्गा बरालको नाम अग्र पंत्तिमा रहेको छ भने मिलन क्षेत्री र प्रेमलाल चाम्लिङ्गको नाम वडाहरुबाट सिफारिस भएर आएको छ । मिलन क्षेत्री नेपाली काग्रेस क्षेत्रीय समितिका पूर्व सचिव हुन् भने प्रेमलाल चाम्लिङ्ग महासमिति सदस्य हुन् । यसैगरि उप–मेयरमा बन्दना अधिकारी र अनिता श्रेष्ठको दाबी रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार