Local Sandesh सोमबार, कार्तिक १७ २०८३
  • ट्रेण्डिङ :

सूर्योदयमा आजबाट चासोक तङनाम उद्यौली महोत्सव

सूर्योदयमा आजबाट चासोक तङनाम उद्यौली महोत्सव

  • लोकल सन्देश
  • मंगलबार, मंसिर २० २०७९


सूर्योदयमा आजबाट चासोक तङनाम उद्यौली महोत्सव

फिक्कल । इलामको पर्यटकीय नगरी सूर्योदयमा चासोक तङनाम उद्यौली महोत्सव साथै मिनी मेला आयोजना गरिएको छ । इलाम एमटिबी राइडर्सको आयोजनामा वडा नं १० फिक्कलमा महोत्सव आयोजना गरिएको हो । महोत्सव मंसिर २० गतेबाट पुष ५ गतेसम्म संचालन हुनेछ ।

आज एक समारोहका विच महोत्सवको उद्धघाटन गरिएको छ । सूर्योदय नगर उपप्रमुख दुर्गाकुमार बरालले महोत्सवको उद्धघाटन गरे । कार्यक्रममा बोल्दै उनले सूर्योदयको आर्थिक विकासका लागि पर्यटन र कृषिलाई अघि बढाउनुपर्ने बताए ।

उनले भने ‘सूर्योदयको आर्थिक विकास गर्नुपर्छ भने पर्यटकीय क्षेत्रलाई स्थापित गरेर पर्यटक आउने वातावरण तयार गर्न सक्छौ र कृषिमा नयाँ नयाँ उत्पादक तत्वहरुलाई अघि लग्यौ भने कृषि उन्नती हुन्छ भन्ने पक्षमा हामी छौ । जवसम्म आर्थिक विकास हुँदैन तवसम्म हामी केही गर्न सक्दैनौ ।’ उनले सूर्योदयको आन्तरिक आयश्रोतलाई माथि उठाउन सके अपेक्षिकृत रुपमा विकास गर्न सकिने धारणा राखे ।

बरालले सूर्योदय नगरपालिकाले साइक्लिङ रुट निर्माण कार्यलाई प्राथमिकतामा राखेर कार्य गरेको बताए । ‘सूर्योदय नगरपालिकाले वडा नं ८ को डुँडेगैरा देखि पुणेडाँडासम्म १२ किलोमिटर साइकल रोड स्थापना गर्दैछ । टेन्डर भइसकेर काम गर्न सुरुवात भइसकेको छ ।’ उनले भने ‘त्यसमा ग्लास ब्रिज १३० मिटर छ त्यसबाट नयाँ पर्यटक आर्कषण सुरुवात गर्न सक्छौै ।’

कार्यक्रममा बोल्दै विशेष अतिथि वडाध्यक्ष पेमा उगेन लामाले साहसिक खेललाई प्रर्वद्धनात्मक कार्यक्रम नगरले अघि बढाएको बताए । ‘नगरले थालनी आधारभुत रुपमा साइक्लिङ ट्रयाक व्यवस्थापन गर्ने रहेको छ साइक्लिङ मात्र नभर साहसिक खेल प्रर्वद्धन गर्ने कार्यक्रम ल्याउँदैछ ।’ उनले भने ‘पुराना गन्तव्य परिचित छदैछ नयाँ गन्तव्य पहिचान गर्न मद्धत पुग्छ ।’

कार्यक्रमका अध्यक्ष एमटिबी राइडरका शरण फागोले सूर्योदय नगरपालिकाको पर्यटन प्रर्वद्धनका लागि महोत्सव लगाइएको बताए । उनले साइक्लिङको माध्यमबाट नगरको नयाँ गन्तव्य पहिचान भइरहेको बताए । ‘पहिलो संस्करणमा इलाम एडभान्चर च्यालेन्ज कप २०२२ आयोजना सफल कार्यक्रम सम्पन्न भएको छ। सुनपाको पर्यटन प्रर्वद्धनमा टेवा पुगोस भन्ने ठुलो उद्धेश्यका साथ आदिवासी किरातीहरुले मान्ने छुट्टै पहिचान बोकेको चासोक तङनाम उद्यौली पर्वलाई साझा हिसाबमा विकसित गर्नपर्छ भनने उद्धेश्यका साथ महोत्सब लगाउने जमर्को गरेका हौ ।’ फागोले भने

महोत्सवमा राष्ट्रिय स्तरका कलाकारहरुको सांगितिक कार्यक्रम, हाउजी खेल, मनोञ्जनात्मक खेलहरु, विभिन्न खानाका परिकारका साथै स्वास्थ्य शिविर समेत आयोजना हुनेछ । महोत्सवमा विश्वकप फुटबलको खेल प्रत्यक्ष प्रसारण समेत हुने आयोजकले जानकारी दिएको छ ।

कार्यक्रममा वडा सदस्य धनकुमारी कार्की, सूर्योदय नगर उद्योग वाणिज्य संघका सचिव सुजन तिमसिना, पुर्व वडा सदस्य कलिका राई, विभिन्न संघ संस्थाका प्रमुख एवम प्रतिनिधिहरुको आतिथ्या रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार