इलाम । पछिल्लो समय संगीत नसुन्ने र गीत नगुनगुनाउने मानिस कमै होलान् । भिन्ना भिन्नै जनराका अहिलेका युवा पुस्तामाझ संगीतको निक्कै नै मोह रहेको देख्न सकिन्छ । विभिन्न सांगीतिक कार्यक्रमहरु , रियालिटी शोहरु प्रति नेपालीहरु अहिले आकर्षित हुने गरेको पाइन्छ ।
अहिलेका युवा पुस्तामाझ आधुनिक , पप ,क्लासिक , लोक आधुनिक गीतहरु गाउनेको ट्रेन्डनै चल्ने गरेका छन् । धेरै जसो कलकारहरुलाई सामाजिक सञ्जालले चर्चित बनाएको छ । यस्तै पछिल्लो समय नव गायिकाको रुपमा उदाएकी छिन् सुर्योदय नगरपालिका–१० फिक्कल निवासी डिम्पल अधिकारी ।
कभर गीत मार्फत नेपाली संगित क्षेत्रमा पर्दापण गरेकी उनको स्वरमा नयाँ गजल सार्वजनिक भएको छ । तुलसी प्रसाद भट्टराईको शब्द कृष्ण भण्डारीको संगीत तथा डिम्पलको स्वरमा सजिएको ‘म माया तिमिमै’ बोलको गजल सार्वजनिक भएको हो ।उनले आफ्नो अफिसियल युट्युव मार्फत गीत सार्वजनिक गरेकी छन् ।
माया प्रेममा आधारित उक्त गजल सार्वजनिक आइतबार सार्वजनिक भएको हो । दर्जन बढि नेपाली तथा हिन्दी कभर गीत गाइसकेकी डिम्पलले आधा दर्जन भन्दा बढि आधुनिक तथा डान्सिङ नम्बरका गीतहरुमा आफ्नो स्वर भरेकी छन् ।
सानैदेखि संगीतमा रुचि भएको र आफू बोल्न सक्ने भएदेखी गीतहरु गुनगुनाउने गरेको डिम्पल सुनाउछिन । कार्यक्रमहरु हुँदा समेत स्टेजमा गीतहरु गाउँदै आएकी अधिकारीले स्नातक अध्ययन गरेकी छन् । संगीतमा आफ्नो भविष्य बनाउनका लागि उनले संगीत कक्षा समेत लिइरहेकी छन् ।
गीत संगीतमा रुचि भएकै कारण पढदै संगीत सिक्दै गरेको डिम्पलले बताइन् । अहिले पढाइलाई निरन्तरता दिदा संगीत सिक्न भने समय नपुगेको बताउछिन । आगामी दिनमा समेत संगीतलाई नै निरंतरता दिने साथै आफ्नो सानै देखिको गीत संगीत प्रतिको रुचि भएकै कारण सदैव संगीत क्षेत्रमा आफू लागिरहने डिम्पल बताउछिन ।