Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

सूर्योदय नगरस्तरीय उद्योग बाणिज्य संघ बन्ने

सूर्योदय नगरस्तरीय उद्योग बाणिज्य संघ बन्ने

  • सन्देश सम्वाददाता
  • बिहिबार, मंसिर २८ २०७४


सूर्योदय नगरस्तरीय उद्योग बाणिज्य संघ बन्ने

इलाम । इलामको सबैभन्दा ठुलो स्थानीय तह सूर्योदय नगरपालिका क्षेत्रमा रहेका उद्योगी र व्यपारी संलग्न एकिकृत उद्योग बाणिज्य संघ गठन हुने भएको छ । सूर्योदय नगरपालिका वडा नम्बर २ मा संस्थागत रुपमा संक्रिय रहेको पशुपतिनगर उद्योग बाणिज्य संघको पहलमा नगरस्तरीय उद्योग बाणिज्य संघ गठन हुने लागेको हो ।

२०५६ सालमा स्थापना रहेको पशुपनिगर उद्योग बाणिज्य संघ संस्थागत रुपमा संचालन भएकाले सूर्योदय नगरपालिकाले बाणिज्य संघको प्रतिनिधि आर्थिक परामर्स समितिमा सदस्य राखेको छ । सोही उद्योग बाणिज्य संघको पहलमा नगर स्तरीय एकिकृत उद्योग बाणिज्य संघ गठन गरिने पशुपतिनगर उद्योग बाणिज्य संघका अध्यक्ष प्रमोद राइले बताउनुभयो । सूर्योदय नगर क्षेत्रका उद्योगी, व्यवसायी र सरोकारवालाहरुसँग छलफल गरि एकिकृत उद्योग बाणिज्य संघ गठन गरिने वहाँले बताउनुभयो ।

फिक्कल उद्योग बाणिज्य संघसँग सहकार्य गरि पशुपतिगर उद्योग बाणिज्य संघको पहलमा नगर क्षेत्रका सबै व्यवसायी, उद्योगीसँगै अनौपचारीक रुपमा छलफल शुरु भएको छ । सूर्योदय नगरपालिका क्षेत्रमा चिया, दूध, कृषिजन्य, पर्यटक, चीज, दैनिक उपभोग्य लगायतका दूई हजार बढी उद्योग रहेको अनुमान गरिएको छ ।

संस्थागत रुपमा सक्रिय रहेको पशुपतिनगर उद्योग बाणिज्य संघमा तीन सय ५० जना उद्योगीहरु संलग्न रहेका छन् । एकिकृत रुपमा उद्योग बाणिज्य संघ गठनका लागि फिक्कल उद्योग बाणिज्य संघसँग वार्ता अघि बढाउने काम भइरहेको र एक साताभित्र छलफललाई तिब्र रुपमा अघि बढाउने पशुपनिगर उद्योग बाणिज्य संघका अध्यक्ष प्रमोद राइले बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार