Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

इलामका सन्देशलाई समेट्दै प्रदेश–१ को टिम तयार

इलामका सन्देशलाई समेट्दै प्रदेश–१ को टिम तयार

  • लोकल सन्देश
  • सोमबार, मंसिर ५ २०७९


इलामका सन्देशलाई समेट्दै प्रदेश–१ को टिम तयार

इलाम । काठमाण्डौमा आयोजना हुने वाईवाई अन्डर–१९ क्रिकेट प्रतियोगिताका लागि इलामका सन्देश भट्टराई प्रदेश टिममा छनौट भएका छन् । दिपेश कंडेलको कप्तानीमा रहेको १४ सदस्यीय प्रदेश–१ टिममा सूर्योदय नगरपालिकाका सन्देशले स्थान बनाएका हुन् ।

प्रदेशको टोलीमा सोनु अन्सारी, शुभम गहतराज, आइन्स्टाइन रिजाल, फैजल रहमान, निखिल यादव, आश्विन महतो, समिर तिम्सिना रहेका छन् । त्यसैगरी भुपाल दंगाल, अभिनय राजवंशी, विपिन महतो, सुमिरन राई र अनिश ओझाले समेत १४ सदस्यीय टोलीमा स्थान बनाएका हुन् ।

बैकल्पिक खेलाडीका रुपमा दिपु भुजेल, कपिल मण्डल, आशिष राना मगर र प्रकाश कार्की रहेका छन् । राजेश पोख्रेलको प्रशिक्षणमा रहेको टोलीमा पुष्प थापा मेन्टरको रुपमा रहेका छन् ।
यु–१६ छनौटका लागि सहभागिता जनाउन आग्रह
जिल्ला क्रिकेट संघ इलामले यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिता एवम विद्यालय स्तरिय राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि खेलाडी छनौटमा सहभागिताका लागि आहवान गरेको छ । संघले जिल्लाका सम्पुर्ण नीजि एवम सामुदायिक विद्यालयलाई सहभागिताको लागि अपिल गरेको हो ।

संघका अध्यक्ष अर्जुन पौडेल र सचिव महेश राईले सुचना जारी गर्दै मंसिर अन्तिम सातासम्म ठुलो टुडिखेलमा छनौट प्रतियोगिता हुने भएकाले सहभागिताको लागि अपिल गरेको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार