Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

प्रत्यक्षतर्फको मतगणना मैझारो, बिजय गच्छदार बने अन्तिम सांसद

प्रत्यक्षतर्फको मतगणना मैझारो, बिजय गच्छदार बने अन्तिम सांसद

  • लोकल सन्देश
  • बुधबार, मंसिर २७ २०७४


प्रत्यक्षतर्फको मतगणना मैझारो, बिजय गच्छदार बने अन्तिम सांसद

सुनसरी । सुनसरी क्षेत्र नम्बर ३ बाट अन्ततः नेपाली कांग्रेसका बिजयकुमार गच्छदार झिनो मतान्तरमा प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन् ।

शुरुदेखि नै कायम रहेको एमालेकी भगवती चौधरीको अग्रता तोड्दै गच्छदारले ३२१ मतको अन्तरमा जित निकालेका हुन् ।

गच्छदार ३८ हजार ९७२ मत प्राप्त गरी बिजयी भएका छन् । उनको निकटतम प्रतिस्पर्धीमा रहेकी एमालेकी भगवती चौधरीले ३८ हजार ६५१ मत प्राप्त गरेकी छन् ।

भगवती चौधरीको यो दोस्रो दुर्भाग्य हो । यसअघि २०७० को संविधानसभा निर्वाचनमा पनि चौधरी गच्छदारसँगै डेढ सय मतान्तरमा पराजित भएकी थिइन् ।यसपटक मतगणनामा आफूले अग्रता लिइरहँदा गच्छदारले प्रमुख जिल्ला अधिकारी र निर्वाचन अधिकृतसँग सेटिङ मिलाएर मुचुल्का बिनाका मतपत्र निकालेको आरोप लगाएकी थिइन् । उनले त्यसपछि मतगणना नै बहिस्कार गरिन् ।

बिजय गच्छदारको राजनीतिक जीवनमा यो छैटौं अपराजित यात्रा हो । २०४८ देखि उनले कुनै पनि चुनाव हारेका छैनन् । योसँगै प्रतिनिधिसभा र प्रदेशसभाका प्रत्यक्षतर्फ सबै निर्वाचन क्षेत्रको मतगणना सम्पन्न भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार