माई । लोकल सन्देश डटकमका सहसम्पादक नमीन ढकाल सम्मानित भएका छन् । प्रथम माई गोल्डकप २०७९ को अवसरमा खेलकुद क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै प्रतियोगिता आयोजकले दोसल्ला र सम्मानपत्र सहित सम्मान गरेको हो ।
आयोजक सितली फुटबल क्लब र चियाबारी फुटबल क्लबले खेलकुदको माध्यमबाट नगरलाई चिनाउनुका साथै मोफसलबाट खेलकुद पत्रकारितालाई स्थापित गराउन योगदान दिएको कारण सम्मान गरिएको जनाइएको छ ।
प्रतियोगिता आयोजक समितिका संयोजक मनिन्द्र राईले सम्मानपत्र र दोसल्ला प्रदान गरे । त्यसैगरी प्रतियोगिता संचालनका संचार क्षेत्रबाट पु¥याएको योगदानको कदर गर्दै हरि असिमलाई धन्यवाद पत्र समेत प्रदान गरिएको छ ।