माई । खुदुनाबारी एफसी इलामको माई नगरपालिका–२ सित्तलीमा जारी प्रथम माई गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । युनाइटेड थ्रीस्टार क्लब इलामलाई टाइब्रेकरमा पराजित गर्दै खुदुनाबारीले कम्तीमा ३० हजार सुरक्षित गरेको हो । निर्धारित समयको खेलमा दुवै टोलीबाट २–२ गोल भएको थियो । इलामको तर्फबाट मुकेश मगर र विशाल तामाङले १/१ गोल गरेका थिए ।
खुदुनाबारीका मिलन गुरुङले २ गोल गरे । खेलको म्यान अफ दि म्याच खुुदुनाबारीका गोलरक्षक सञ्जय गुरुङ घोषित भए । प्रतियोगिताको दोश्रो सेमीफाइनलमा आयोजक चियाबारी एफसीले शनिश्चरे एफसीको सामना गर्नेछ । चियाबारीले सुखानी एफसीलाई पराजित गर्दै सेमीफाइनल पुगेको हो ।
त्यसैगरी शनिश्चरेले प्रि–क्वाटरमा कलकत्ते एफसी र क्वाटरफाइनलमा नवज्योती एफसीलाई हराउँदै सेमीफाइनलमा स्थान बनाएको हो । प्रतियोगिताको फाइनल आगामी २८ गते हुनेछ ।