Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

इलामका कोरियोग्राफर जेडी र शेर्पा नायिक छिरिङ गिनिज वर्ल्ड रेकर्डमा नाम लेखाउने तयारी

इलामका कोरियोग्राफर जेडी र शेर्पा नायिक छिरिङ गिनिज वर्ल्ड रेकर्डमा नाम लेखाउने तयारी

  • सन्देश सम्वाददाता
  • बुधबार, कार्तिक २३ २०७९


इलामका कोरियोग्राफर जेडी र शेर्पा नायिक छिरिङ गिनिज वर्ल्ड रेकर्डमा नाम लेखाउने तयारी

इलाम : चर्चित कोरियोग्राफर इलामका जेडी तमु र शेर्पा समुदायकै पहिलो नायिका छिरिङ शेर्पाले गिनिज वर्ल्ड रेकर्डमा नाम लेखाउने तयारी गरेका छन् । उनीहरुले ‘सर्वाधिक उचाईमा जोडी नृत्य गर्ने जोडी’ का रुपमा गिनिज वर्ल्ड रेकर्डमा नाम लेखाउने तयारी गरेका हुन् । उनीहरुले शिर्षकमा रेकर्ड कायम गरेर नाम लेखाउने तयारी गरेको बारेमा सामाजिक सञ्जालबाट जानकारी दिएका छन् ।

उनीहरुले ‘“Highest Altitude choreographed Dance on land” (Pair).टाईटलमा विश्व रेकर्ड कायम गर्ने तयारी गरेका हुन् । इलामको सन्दकपुर गाउँपालिकाका जेडी तमु पनि डान्सिङ स्टार्स नेपालका फाईनालिष्ट हुन् । उनले नायिका तथा मोडल परमिता रानासँग मिलेर सेकेण्ड रनर अप भएका थिए । जेडी चर्चित डान्सर तथा कोरियोग्राफर हुन् ।

उनको पुरा नाम जगदिश गुरुङ हो । ईलाम निवासी जेडी नृत्य क्षेत्रमा चर्चित छन् । वाई स्ट्याण्ड डान्स स्कूलमा नृत्य पनि सिकाईरहेका जेडीले नेपा डान्स एकेडेमी, अरपिता स्टेपअप डान्स एकेडेमी लगायतका विभिन्न डान्स एकेडेमीमा प्रशिक्षक रुपमा काम गरिसकेका छन् । उनले टेरेन्स लुईस प्रोफेसनल ट्रेनिङ ईन्स्टिच्युटबाट नृत्यमा डिप्लोमा गरेका छन् ।

डान्सर, कोरियोग्राफरका रुपमा परिचित जेडी एक सफल भ्लगर पनि हुन् । उनी विशेषगरी कन्टेम्प्ररी, ज्याज र ब्यालेट डान्समा पोख्त छन् ।छिरिङ शेर्पा चर्चित डान्सिङ रियालिटी शो डान्सिङ स्टार्स नेपालको विजेता हुन् । उनले चर्चित कलाकार तथा कोरियोग्राफर सरोज प्रजासँग मिलेर जीत हासिल गरेकी थिइन् ।

शेर्पा फिल्म्स संघ नेपालकी अध्यक्ष समेत रहेकी छिरिङ, मिस्टर एण्ड मिस टिन शेर्पाकी आयोजक पनि हुन् । शेर्पा भाषाको चलचित्र, म्युजिक भिडियो तथा अन्य विभिन्न साँस्कृतिक कलाहरुमा चर्चा कमाएकी छिरिङले नेपाली म्युजिक भिडियोहरुमा समेत अभिनय गरेकी छिन् ।

मिस ईण्डीजिनियस हेरिटेज नेपाल २०१६ जितेकी छिरिङले मिस टिनेजर ईन्टरनेशनल नेपाल २०१५ मा मिस ट्यालेन्टको उपाधी पनि जितेकी थिईन् । आईडियल ईङ्ग्लीस सेकेण्डरी स्कुलबाट मार्केटिङ एडभरटाईजिङ बिजनेश स्टडिज अध्ययन गरेकी छिरिङले बज्र ईन्टरनेशनल कलेजमा औपचारिक रुपमा नृत्य सिकेकी छिन् ।

पद्मकन्या क्याम्पसमा बिए अध्ययन गरेकी छिरिङले बिजनेश म्यानेजमेन्ट र फेसन डिजाईनिङ पनि अध्ययन गरेकी छिन् । उनी गौतम बुद्ध फिल्म प्रालीका निर्देशक पनि हुन् ।

https://www.facebook.com/bboy.jd.3/posts/pfbid02jeDZCWeTRpHfXP2p1QDAkAdDzanqa4JWoTbyK5u5Uo8hs1QRzgeMV1t7gYjMQupJl

प्रतिक्रिया
सम्बन्धित समाचार