माई : इलामको माई नगरपालिकामा रग्बी खेल विस्तारका लागि संघ गठन गरिएको छ । रन्जित काफ्लेको अध्यक्षतामा ७ सदस्यीय माई नगर समिति गठन भएको हो । उपाध्यक्षमा बिकास राई, सचिब युवराज ढकाल र कोषाध्यक्षमा जमुनी पौड्याल चयन भएका छन् ।
सदस्यहरुमा श्याम मगर,पुजा मगर, राजन राई रहेका छन् । समितिले दिपावली पछि आयोजना हुने राष्ट्रपति रनिङ सिलको लागि बिद्यालयहरुसंग समन्वय गर्दै खेलाडी तयार गर्दै प्रतियोगितामा सहभागी गराउने निर्णय गरेको छ ।
साथै रग्बी खेललाइ संस्थागत गर्दै ब्यापकता दिने निर्णय गरेको छ।