Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

इलाममा बाम गठबन्धनको क्लिन स्विप

इलाममा बाम गठबन्धनको क्लिन स्विप

  • गंगा पराजुली
  • आइतबार, मंसिर २४ २०७४


इलाममा बाम गठबन्धनको क्लिन स्विप

इलाम,२३ मंसिर । इलामको सवै निर्वाचन क्षेत्रमा बाम गठबन्धनले क्लिन स्विप गरेको छ । इलाम क्षेत्र नं १ मा बाम गठबन्धनका साझा उम्मेदवार पुर्व प्रधामन्त्री झलनाथ खनाल १७ हजार १ सय ७० मतका साथ बिजयी बनेका छन । खनालले ३६ हजार ८ सय ७ मत प्राप्त गरे ।
उनका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका भुपेन्द्र कट्टेलले १९ हजार ६ सय ३७ मत प्राप्त गरेका थिए । त्यसै गरी क्षेत्र नं २ मा बाम गठबन्धनका साझा उम्मेदवार पुर्व सभामुख सुवास नेम्वाङले ९ हजार ६ सय ५४ मतान्तरले बिजय हासिल गरे । नेम्वाङले ३६ हजार ५ सय १६ मत प्राप्त गर्दा उनको प्रतिद्धन्द्धी नेपाली कांग्रेसका नेता केशव थापाले २६ हजार ८ सय ६० मत प्राप्त गरेका थिए ।
त्यसैगरी प्रदेशसभामा समेत बाम गठबन्धका उम्मेदवार अगाडी छन । प्रदेशसभा तर्फ इलाम क्षेत्र नं १ को १ मा बाम गठबन्धकी खिनु लङ्वा लिम्बुले दोव्वर मतान्तरले चुनावी जितिन । लिम्बुले १८ हजार ६ सय ८६ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका देवेन्द्र राईले ९ हजार ३ सय २७ मत मात्र प्राप्त गरे ।
इलाम क्षेत्र नं १ को २ मा बाम गठबन्धकै काजीमान कागतेले ७ हजार ९ सय ६५ मतान्तरले बिजयी बने । उनले १७ हजार ९ सय ८६ मत प्राप्त गर्दा उनका प्रतिद्धन्द्धी कांग्रेसका उम्मेदवार दुर्गा बरालले १० हजार २१ मत प्राप्त गरेका छन ।
यस्तै प्रदेश सभा इलाम क्षेत्र नं २ को १ मा बाम गठबन्धनका राम बहादुर मगरले ३ हजार ५ सय ५२ मतान्तरले बिजयी बने । मगरले १९ हजार ८ सय ३८ मत प्राप्त गर्दा नेपाली कांग्रेसका उम्मेदवार डम्बर खडकाले १६ हजार २ सय ८६ मत प्राप्त गरेका छन ।
इलाम क्षेत्र नं २ को २ मा बाम गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका नेता धिरेन्द्र शर्मा रमण ३ हजार ६ सय ५१ मतान्तरले बिजयी भए ।

उनले १४ हजार ७ सय १६ मत प्राप्त गर्दा नेपाली कांग्रेसका नेता खगेन्द्र देवानले ११ हजार ६५ मत प्राप्त गरे । यसैगरि बिजयी उमेद्धवारलाई मुख्य निर्वाचन कार्यालयले प्रमाणपत्र वितरण गरेपछि बाम गठबन्धनको बिजय र्याली निकालेको थियो । इलामकाे टुडिखेलबाट शुरु भएकाे  बिजय र्याली चाेक बजारमा अाएर काेणसभामा पणिरत भएकाे  थियाे । काेणसभामा  प्रतिनिधि  र प्रदेशसभामा  बिजयी उमेद्धवारले सम्बाेधन गरेका  थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार