चुलाचुली । महेन्द्र राजमार्गबाट इलामको दक्षिणि चुलाचुली गाउँपालिका १ जोड्ने सहिद माङ्तोक मार्गको सौदर्यकरणको काम शुरु भएको हो । आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उदेश्यका साथ स्थानीय ३ वटा संघसंस्थाले सडक क्षेत्रमा सौर्दयकरणको काम शुरु भएको हो ।

लिम्बुवान आन्दोलनका सहिद सहिद माङ्तोक मार्गलाई थप सुन्दर बनाउने प्रयास को दोस्रो दिनमा सनिवार स्थानीय युवाहरुले सौदर्य करण को कार्य लाई निरन्तरता दिएको सहिद मात्तोक टोल विकास संस्था चुलाचुली १ का अध्यक्ष सन्तोश थाम्सुहाङले बताए ।

सहिद मात्तोक टोल विकास संस्था , प्रगति युवा समूह चुलाचुली १ र सानाे केर्खा युवा क्लब समन्यवमा महेन्द्र राजमार्गको सानो केर्खादेखि उत्तर चुलाचुली १ को कमल क्षेत्रको दक्षिणी क्षेत्रसम्म सौदर्यकरणको काम हुँदै आएको हो । मात्तोक मार्ग सौदर्यकरणमा अधिक युवायुवतीको सहभागिता रहेको छ । उनीहरुले यो सहिद मार्ग कालोपत्रे गर्न तीनै तहका सरकारसँग माग गर्दै आएका छन् ।
