Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

सडकमा सब्जिको थोक बजार (फोटो फिचर)

सडकमा सब्जिको थोक बजार (फोटो फिचर)

  • लोकल सन्देश
  • शुक्रबार, असोज १४ २०७९


सडकमा सब्जिको थोक बजार (फोटो फिचर)

इलाम । व्यवयासायीक तरकारी खेती हुने इलामको सूर्योदय नगरपालिका खरिद बिक्रि गर्ने थोक बजार अभाव रहेको छ । कृषि बालीको खरिद बिक्रि गर्ने थोक बजार नहुँदा पूर्वी इलामका किसानले आफ्नो बाली बिक्रि गर्न मेची राजमार्गको साहारा लिनुपर्ने बाध्यता छ ।
सूर्योदय नगरपालिका आफैमा व्यवसायीक तरकारी खेती हुन्छ । आलु, अकबरे खोर्सानी, इस्कुस, बिइ, काँक्राको सूर्योदय नगरपालिका भित्रका किसानको आम्दानीको मुख्य श्रोत नै हो । तर सूर्योदय नगरपालिकाको अर्थतन्त्रको मुख्य आधार कृषि बालीको खरिद बिक्रि गर्ने थोक बजार छैन ।


स्थानीय सरकार सूर्योदय नगरपालिकाले पनि आफ्नो पोहिलो कार्यालयमा तरकारीको थोक बजार बनाउन चासो दिएन । जसका कारण व्यवसायीले राजमार्गलाई नै किसानले घरगाउँबाट ल्याएको तरकारी खरिद बिक्रिको बजार बनाएका छन् ।
खरिद बिक्रिको थोक बजार नहुँदा धेरै व्यवसायीले किसानबाट संकलन भएको तरकारी तराईका बजारमा पु¥याउने गरेका छन् । सूर्योदय नगरपालिकाको केन्द्र रहेको फिक्कल बजारमा हरेक बिहिबार हाटबजार लाग्छ । मेची राजमार्ग फिक्कल बजार भएर उकालिन्छ । सोहि राजमार्ग गाउँबाट किसानले आफुले उत्पादन गरेको तरकारीको थोक बिक्रि गर्छन् ।


२५ वर्ष अघिदेखि तरकारीको थोक बजार सडक भएको राजमार्गबाट व्यवस्थित नबन्दा किसानसँगै व्यवसायीक समस्यामा छन् । किसानको अर्थतन्त्रको मुख्य आधार भएको तरकारीको थोक बिक्रि सडकमै हुँदा नगरपालिकाले भने कर संकलन छोडेको छैन ।
इलाम क्षेत्र नम्बर १ को केन्द्र रहेको फिक्कल बजारमा माइजोगमाइ, सन्दकपूर, इलाम नगरपालिका र सूर्योदय नगरपालिका भित्रका किसानबाट तरकारी संकलन हुन्छ । यहाँ संकलन भएको तरकारी तराईका बजार र भारत निर्यात गर्ने व्यवसायीहरुले खरिद गर्छन् ।


निम्न आय भएका किसानको आम्दानीको श्रोत तरकारीको व्यवस्थित बजार बनाउन सके सूर्योदय नगरपालिक मात्रै नभएर इलामको अर्थतन्त्र विकास सहयोग पुग्ने देखिन्छ । तरकारी बजार व्यवस्थापनका लागि सूर्योदय नगरपालिका ९ को बरबोटे क्षेत्रमा ५ रोपनी क्षेत्रफलमा तरकारी बजार रहेपनि व्यवस्थापनको काम भएको छैन ।

सूर्योदय नगरपालिका १० अध्यक्ष पेमाउगेन लामाका अनुसार नगरपालिकाको केन्द्र फिक्कल बजार क्षेत्रमा व्यवस्थित तरकारी बजार बनाउन जग्गा व्यवस्थापनको काम हुँदै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार