Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

गोर्खे कृषि सहकारी संस्थाको विशेष साधारणसभा सम्पन्न

गोर्खे कृषि सहकारी संस्थाको विशेष साधारणसभा सम्पन्न

  • सन्देश सम्वाददाता
  • मंगलबार, असोज ११ २०७९


गोर्खे कृषि सहकारी संस्थाको विशेष साधारणसभा सम्पन्न

फिक्कल । इलामको सूर्योदय नगरपालिका–१ मा रहेको गोर्खे कृषि सहकारी संस्थाको विशेष साधारणसभा सम्पन्न भएको छ । ६४ लाख रुपैयाको आयव्यय सार्वजनिक गर्दै साधारणसभा सम्पन्न भएको हो । संस्थाका अध्यक्ष गणेश कुमार सुबेदीको अध्यक्षता र वडाका पशु प्राविधिक सञ्जय पौडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

सहकारीमा लामो समय अध्यक्ष रहदै ४ आनी जग्गा समेत प्रदान गरेका जग्गादाता देउ नारायण आचार्यलाई सम्मान समेत गरिएको छ । संसथाले गुणस्तरिय दुध विक्री गर्ने, धेरै दुध बिक्री गर्ने र निरन्तर दुध आपुर्ति गर्ने ३५ जना किसानलाई सम्मान गरेको छ ।

विशेष साधारणसभाले धन बहादुर साँवाको अध्यक्षतामा नयाँ कार्य समिति समेत चयन गरेको निवर्तमान अध्यक्ष गणेश कुमार सुवेदीले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार