इलाम । नेपाल एकिकरणको इतिहास बोकेको नेपाली सेनाको निसान र तोप इलाममा पुनः स्थापनाको काम अन्तिम चरणमा पुगेको छ । सुगौली सन्धिपछि अहिलेको भारतस्थित नागरिक गढीबाट इलामको माइस्थान गढीमा सारिएको निसान र तोप पुनस्थापना हने भएको हो ।
१९ बर्षअघि सुरक्षाको कारण इलामबाट लगिएको निसान २०७४ मापुन स्थापना भएको थियो । निसान पुनस्थापना पछि नेपाली सेनाको युद्धकालिन ऐतिहासिक तोप पनि इलाममा पुनस्थापना हुँदैछ ।

२०५९ साल बैशाख २६ गते नेपाली सेनाले सुरक्षाको कारण ब्यारेकमा राखेका तोपहरु इलामबासीको चाहाना र सस्कृति संरक्षणमा नेपाली सेनाको योजना अनुसार पुनस्थापना हुन लागेको रणशार्दूल गण, इलामका प्रमुख सेनानी सुनिल सुबेदी बताए ।
वि.स १८७२ को सुगौली सन्धीपछि भारतको नागरी गढीबाट नेपाली सेनाको निसान र तोपसँगै सैनिक टुकडी प्रथम पटक सूर्योदय नगरपालिकास्थित पूर्णेडाँडा सारिएको थियो । सैनिक बस्ने गढि त्यसपछि माइजोगममाइको नामसालिङ हुँदै इलाम नगरपालिकाको माइस्थानमा स्थापना भएको थियो ।
सेनाले आफनो पल्टन÷गणको सरुवा सँगै निसानलाने गरिए पनि इलाममा त्यसपछि फेरिएका गणहरुहरुले श्रीनाथको निसान र तोप लगेको थिएनन् । १ सय ८५ बर्ष अघिको निसान र तोपको ऐतिहासिक महत्व रहेको इलामको इतिहास विद् युद्धप्रसाद बैद्यले बताए ।

नेपालको सिमाना पुर्वमा टिष्टासम्म पुगको प्रमाणको रुपमा रहेको निसान र तोप फर्किनमा नेपाली सेनासँगै इलामबासीले अगुवाइ गरेका छन् । पुरातात्वीक हिसाबले महत्वपूर्ण रहेको माइस्थान क्षेत्रमा निसानसँगै तोप स्थापनाले इलामको सास्कृतिक महत्व बढाएको इलाम नगर प्रमुख केदार थापाले बताए ।
निसान सुरक्षाको लागी माइस्थान मन्दिरमा सेनाको टुकडी समेत राखिएको छ । अहिले २ वटा तोप पुनःस्थापनाका लागि मन्दिरको जिर्णोद्धारको काम नेपाली सेना, इलाम नगरपालिका वडा कार्यालय ७ र माइस्थान मन्दिर समितिले समन्वय गरेको इलाम नगरपालिका ७ का अध्यक्ष नरेश श्रेष्ठले बताए ।

ज्यूदो इतिहासको रुपमा रहेको निसान र तोप पुनस्थापनाले इलामको पर्यटन प्रवद्र्धनमा पनि सहयोग पुग्नेछ । वि.सं. २०७४ सालअसार २३ गते निशान ३ बजे निसान स्थापना भएको थियो । नेपाली सेना र इलाम नगरपालिकाले २ वटा तोप प्रधानसेनापतिको उपस्थितिमा अशोज १६ गते राखिनेछ ।