इलाम । इलामको प्रतिनिधी तथा प्रदेशसभाका सवै क्षेत्रमा बाम गठबन्धनले अग्रता लिएको छ । इलाम क्षेत्र नं १ मा बाम गठबन्धनका साझा उम्मेदवार पुर्व प्रधामन्त्री तथा एमाले बरिष्ठ नेता झलनाथ खनालले नेपाली कांग्रेसका भुपेन्द्र कट्टेललाई पछि पार्दै अग्रता कायम राखेका छन् ।
शनिवार बिहान सम्मको मत परिमाण अनुसार खनालले ९ हजार ९सय ६९ र कट्टेलले ५ हजार ७ सय ६९ मत प्राप्त गरेका छन । त्यसै गरी क्षेत्र नं २ मा बाम गठबन्धनका साझा उम्मेदवार पुर्व सभामुख सुवास नेम्वाङले ९ हजार ८ सय ४३ मत प्राप्त गर्दा उनको प्रतिद्धन्द्धी नेपाली कांग्रेसका नेता केशव थापाले ६ हजार ९ सय ७३ मत प्राप्त गरेका छन ।
यसैगरी प्रदेशसभामा समेत बाम गठबन्धका उम्मेदवार अगाडी छन । प्रदेशसभा तर्फ इलाम क्षेत्र नं १ को १ मा बाम गठबन्धकी खिनु लङ्वा लिम्बुले ४ हजार ७ सय ९८ मत प्राप्त गर्दा नेपाली कांग्रेसका देवेन्द्र राईले २ हजार ७ सय ७८ मत प्राप्त गरेका छन् । इलाम क्षेत्र नं १ को २ मा बाम गठबन्धकै काजीमान कागतेले ६ हजार ६ सय ७७ मत प्राप्त गर्दा उनका प्रतिद्धन्द्धी कांग्रेसका उम्मेदवार दुर्गा बरालले ३ हजार ३ सय ३७ मत प्राप्त गरेका छन ।
यस्तै प्रदेश सभा इलाम क्षेत्र नं २ को १ मा बाम गठबन्धनका राम रानाले ५ हजार ४ मत प्राप्त गर्दा नेपाली कांग्रेसका उम्मेदवार डम्बर खडकाले ४ हजार २२ मत प्राप्त गरेका छन ।
इलाम क्षेत्र नं २ को २ मा बाम गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका नेता धिरेन्द्र शर्मा रमणले ४ हजार १ सय ४४ मत प्राप्त गर्दा नेपाली कांग्रेसका नेता खगेन्द्र देवानले २ हजार ८ सय ४६ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।