इलाम । इलामको प्रतिनिधी तथा प्रदेशसभाका सवै क्षेत्रमा बाम गठबन्धनले अग्रता लिएको छ । इलाम क्षेत्र नं १ मा बाम गठबन्धनका साझा उम्मेदवार पुर्व प्रधामन्त्री तथा एमाले बरिष्ठ नेता झलनाथ खनालले नेपाली कांग्रेसका भुपेन्द्र कट्टेललाई १४०२ मतले पछि पार्दै अग्रता लिएका छन ।
५ हजार २०३ मत गणना सम्पन्न हुँदा खनालले ३ हजार ४८ र कट्टेलले १ हजार ६ सय ४६ मत प्राप्त गरेका छन । त्यसै गरी क्षेत्र नं २ मा बाम गठबन्धनका साझा उम्मेदवार पुर्व सभामुख सुवास नेम्वाङले ३ हजार ३ सय १३ मत प्राप्त गर्दा उनको प्रतिद्धन्द्धी नेपाली कांग्रेसका नेता केशव थापाले २ हजार ३ सय २० मत प्राप्त गरेका छन ।
यसैगरी प्रदेशसभामा समेत बाम गठबन्धका उम्मेदवार अगाडी छन । प्रदेशसभा तर्फ इलाम क्षेत्र नं १ को १ मा बाम गठबन्धकी खिनु लङ्वा लिम्बुले १ हजार ५ सय मत प्राप्त गर्दा नेपाली कांग्रेसका देवेन्द्र राईले १ हजार २४ मत प्राप्त गरेका छन । इलाम क्षेत्र नं १ को २ मा बाम गठबन्धकै काजीमान कागतेले १ हजार ८ सय ८८ मत प्राप्त गर्दा उनका प्रतिद्धन्द्धी कांग्रेसका उम्मेदवार दुर्गा बरालले ७ सय ९४ मत प्राप्त गरेका छन ।
यस्तै प्रदेश सभा इलाम क्षेत्र नं २ को १ मा बाम गठबन्धनका राम रानाले १ हजार ५ सय ९८ मत प्राप्त गर्दा नेपाली कांग्रेसका उम्मेदवार डम्बर खडकाले १ हजार ४ सय १८ मत प्राप्त गरेका छन । इलाम क्षेत्र नं २ को २ मा बाम गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका नेता धिरेन्द्र शर्मा रमणले १ हजार ३ सय २० मत प्राप्त गर्दा नेपाली कांग्रेसका नेता खगेन्द्र देवानले ८ सय ९५ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।