इलाम । राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि प्रदेश एकमा भएको उसु खेलको खेलाडी छनौट प्रतियोगितामा इलामले एक स्वर्ण र २ काँस्य पदक प्राप्त गरेको छ । महिला तर्फ ६० केजी तौल समुहमा अचर्ना लिम्बुले स्वर्ण जितेकी हुन् । त्यसैगरी ६५ केजी तौल समुहमा रिता कट्वाल र ७० केजीमा मनिता नुगोले काँस्य पदक जित्न सफल भए ।
अर्चनाकै समुहमा भोजपुरकी स्मृती प्रधानले रजत पदक जित्न सफल भएकी छन् । सुनसरीकी सदिक्षा राई र संखुवासभाकी लजिता शेर्पाले काँस्य पदक प्राप्त गरे । ६५ केजी तौल समुहको प्रतिस्पर्धामा संखुवासभाकी प्रमिला विकले स्वर्ण पाएकी छन् भने झापाकी दिपा कुमारी गणेशले रजत पदक पाएकी छन् । यस्तै गरी रितासंगै सुनसरीकी स्मारिका खवासले काँस्य पदक प्राप्त गरिन् ।
७० केजी महिला समुहको प्रतिस्पर्धामा सुनसरीकी दुर्गा ठकुरीले स्वर्ण र मोरङकी सम्झना राईले रजत पदक प्राप्त गरिन् । इलामकी मनितासंगै पाँचथरकी मनिशा नेम्वाङले काँस्य पदक प्राप्त गरिन् । इटहरी रंगशालाको कभर्डहलमा ३ दिन सम्म चलेको छनौट प्रतियोगिताबाट सुनसरीले पाँच वटा स्वर्ण पदक जित्दै च्याम्पियन बनेको छ ।
७५ केजी पुरुष तर्फको प्रतिस्पर्धामा मोरङका अमित लोकान्द्रीले स्वर्ण र झापाका करण राजवंशीले रजत पदक प्राप्त गरेका छन् । भोजपुरका लक्ष्मी प्रसाद तामाङ र धनकुटाका आसमान राईले काँस्य पदक प्राप्त गरे । यस्तै ४५ केजी महिला तर्फको प्रतियोगितामा संखुवासभाकी धनकुमारी राईले स्वर्ण, मोरङकी राजलकु राजवंशीले रजत तथा पाँचथरका अमिता लिम्बु र झापाका उनिता राईले काँस्य पदक जित्न सफल भएका छन् ।
५२ केजी तौल समुहको महिला तर्फको प्रतियोगितामा सुनसरीकी टिका थापा मगरले स्वर्ण, भोजपुरकी शुलाबुङ्ग राईले रजत तथा उदयपुरकी रेश्मा राई र मोरङकी पुस्पा कुमारी चौधरीले काँस्य पदक जितेका छन् । यता ५६ केजी महिला तर्फको प्रतियोगितामा ५६ केजी तौल समुह तर्फ सुनसरीकी प्रेरणा ठाकुरले स्वर्ण , संखुवासभाकी मातृका कुलुङ्गले रजत तथा उदयपुरकी एलिना राना मगर र झापाकी कन्चन खवासले काँस्य जितेका छन् ।
पुरुष तर्फ ६० केजी तौल समुहमा सुनसरीका रोहित लिम्बुले स्वर्ण पदक जितेका छन् । मोरङका रेहन आजादले रजत तथा संखुवासभाका सन्देश राई र पाँचथरका रितु तुम्बाहाम्फेले काँस्य पदक जितेका छन् । ६५ केजी तौल समुहमा भोजपुरकी बिजय रसाइलीले स्वर्ण, झापाका सुमन मेचेले रजत तथा संखुवासभाका ताराराज राई र सुनसरीका किरण राईले काँस्य पदक जितेका छन् ।
यस्तै ६० केजी तौल समुहको पुरुष प्रतियोगितामा मोरङका दिपक कुमार पासवानले स्वर्ण जितेका छन् । झापाका रोशन गुरुङले रजत तथा उदयपुरका अर्जुन विक र धनकुटाका आर्मल तेपुङ्गले काँस्य पदक पाएका छन् । पुरुष ४८ केजी तौल समुहमा संखुवासभाका गणेश लिम्बुले स्वर्ण, मोरङका पारस मरिकले रजत तथा भोजपुरका श्याम राज राई र सुनसरीका सविर सिहं थाक्लेले काँस्य पदक पाएका छन् ।
५६ केजी पुरुषको प्रतिस्पधौमा सुनसरीका प्रज्वल राईले स्वर्ण, संखुवासभाका फुर्काली शेर्पाले रजत तथा भोजपुरका सन्जय राईले र झापाका अजित मेचेले काँस्य जितेका छन् । पुरुष ८० केजी तौल समुहमा मोरङका उपेन्द्र मारिकले स्वर्ण, धनकुटाका हेमराज विश्वकर्माले रजत तथा संखुवासभाका प्रकाश तामाङले काँस्य पदक जिते ।
८५ केजी तौल समुहमा सुनसरीका रोचन श्रेष्ठले स्वर्ण, संखुवासभाका विरवल राईले रजत तथा धनकुटाका रिजन श्रेष्ठले काँस्य पदक जित्न सफल भएका छन् । प्रदेश एकको ११ वटा जिल्लाका खेलाडी सहभागि भएको प्रदेश स्तरिय प्रतियोगितामा छनौट भएका खेलाडी गण्डकी प्रदेशमा आयोजना हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रदेशको प्रतिनिधित्व गर्दै प्रतिस्पर्धा गर्नेछन् ।