Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

इलाममा ३ वजेबाट मत गणना शुरु

इलाममा ३ वजेबाट मत गणना शुरु

  • सन्देश सम्वाददाता
  • शुक्रबार, मंसिर २२ २०७४


इलाममा ३ वजेबाट मत गणना शुरु

इलाम । इलाममा अपराहन्न ३ वजेबाट मत गणना सुरु भएको छ । सर्वदलिय बैठकले एक वजेबाट मतगणना गर्ने निर्णय गरेपनि दलका प्रतिनिधिहरुको परिचय पत्र बनाउन समय लागेपछि दुई घण्टा ढिलो मतगणना शुरु भएको हो । हो ।
मत गणना स्थल कुनैपनि घटना नघटोस् भनेर तार जाली लगाइएको छ । जिल्ला मालपोत कार्यालयमा भइरहेको मतगणनाको अन्तिम मतपरिमाण आइसक्न चार दिन लाग्ने मुख्य निर्वाचन अधिकृत कृष्ण प्रसाद सुवेदीले बताउनुभयो । मुख्य निर्वाचन कार्यालयले कार्यालयको तल्लो तलामा क्षेत्र नं २ र विचको तलामा क्षेत्र नं १ को प्रदेश तथा प्रतिनिधिसभाको मतगणना गरिरहेको छ ।


जिल्लाका सवै २६६ स्थलका मतपेटिका बिहान सम्ममा ल्याइएको थियो । मत गणना स्थल बाहिर सुरक्षाको बाक्लो प्रवन्ध मिलाइएको छ । दुई प्रतिनिधिसभा र चार प्रदेसभा रहेको इलाममा ६ ठाउँ मत गणना भइरहेको छ । ‘दुई प्रतिनिधिसभाको एक÷एक ठाउँ र चार प्रदेससभाको पनि एक÷एक ठाँउ गणना गरिदैँ आएको मुख्य निर्वाचन अधिकृत कृष्ण प्रसाद सुवेदीले बताउनुभयो ।
३ हजार मत गनिसकेपछि मत सार्वजनिक गर्ने निर्णय भएको सुवेदीले जानकारी दिनुभयो । इलामको मत गणनास्थलमा सिसी क्यामराको व्यवस्था नभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार