फिक्कल । इलामको सूर्योदय नगरपालिका–११ को बिरेन्द्र माध्यमिक विद्यालयको ६० औ बार्षिक उत्सब विविध कार्यक्रम गर्दै सम्पन्न भएको छ । सांस्कृति कार्यक्रम र शिक्षकहरुलाई बिदाई गर्दै बार्षिक उत्सव सम्पन्न भएको हो । विद्यालय ब्यवस्थापन अध्यक्ष सोनाम छिरिङ काजीको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख रणबहादुर राईको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा विद्यालयमा लामो समय कार्य गरेका शिक्षकहरु चन्द्र कान्त पौड्याल, निर्मल खड्का, बिरमणी ढकाल ,डिकु शेर्पाको बिदाइ गरिएको थियो । कार्यक्रममा पुर्व विद्यालय ब्यवस्थापन समिती अध्यक्ष निमु राई ,डिल्लिराम आचार्य तथा समाजसेवी दिकि काजिलाई सम्मान समेत गरिएको थियो । प्रधानाध्यापक दल बहादुर सापकोटाले स्वागत मन्तब्य राखेका थिए ।