Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

मरबमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

मरबमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

  • सन्देश सम्वाददाता
  • शनिबार, असोज १ २०७९


मरबमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

इलाम । इलामको महेन्द्र रत्न बहुमुखी क्याम्सपमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । विद्यार्थी संग अखिल क्रान्तिकारी अभियान अन्तरगत अखिल क्रान्तिकारी महेन्द्र रत्न बहुमुखी क्याम्पसले प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा बीबीएस तेश्रो सेमेस्टर प्रथम बनेको छ । प्रथम बनेको टिमले नगद ३ हजार ५ सय सहित प्रमाणपत्र प्राप्त गरेको छ ।

बीबीएस चौथौ सेमेस्टर दोश्रो बन्दै नगद ३ हजार र प्रमाणपत्र तथा बिएड तेश्रो सेमेस्टर तृतिय बन्दै नगद १ हजार ५ सय र प्रमाणपत्र प्राप्त गरेको अखिल क्रान्तिकारी इलामका सहसचिव शेखर तिम्सिनाले बताए । क्याम्पस समिति अध्यक्ष राजेन्द्र लोहारका अध्यक्षता र पार्टीका प्रदेश समिति सदस्य प्रवास शर्माको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।  अखिल क्रान्तिकारी इलाम जिल्ला समितिले गत भदौ २५ विद्यार्थी संग अखिल क्रान्तिकारी अभियान उद्घाटन पश्चात् यो पहिलो कार्यक्रम हो ।

विद्यार्थीको बौद्धिक क्षमता विकासको उद्धेश्यका साथ आयोजित कार्यक्रममा विशेष अतिथि पार्टीका प्रदेश समिति सदस्य दिपेन राई,अखिल क्रान्तिकारी केन्द्रीय सदस्यद्वय विपिन पोखरेल र प्रमिला तामाङ, संगठनका जिल्ला अध्यक्ष नयन बान्तवा, क्याम्पस प्रमुख खगेन्द्र प्रसाद चापागाईं सहायक क्याम्पस प्रमुख पोस्टराज लामिछाने, अखिल क्रान्तिकारी जिल्ला उपाध्यक्ष रोशन राई, सचिब प्रविन सुवेदी, सहसचिव शेखर तिम्सिना लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार