Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

कलकत्ताबाट काकरभिट्टा हुँदै सुन्दर सन्दकपूरमा भारतीय पर्यटक(फोटो फिचर )

कलकत्ताबाट काकरभिट्टा हुँदै सुन्दर सन्दकपूरमा भारतीय पर्यटक(फोटो फिचर )

  • सुजन तिमल्सिना
  • मंगलबार, भाद्र २८ २०७९


कलकत्ताबाट काकरभिट्टा हुँदै सुन्दर सन्दकपूरमा भारतीय पर्यटक(फोटो फिचर )

सन्दकपूर। दर्जनौ हिमाली दृश्यमा रमाउन सकिने पर्यटकीय क्षेत्र सन्दकपूर भ्रमाणमा बाइकबाट पुग्ने भारतीय पर्यटकको संख्या बढेको छ । भारतको कलकत्ताबाट शुरु भएको बाइकको यात्रा काकरभिट्टा नाकाबाट नेपाल प्रवेश गरि भारतीय पर्यटकहरु सन्दकपूर भ्रमण गर्दै आएका छन् ।


भारतको कलकत्ताबाट अहिले हरेक १५ दिनको फरकमा २० जना पर्यटकको टोली बाइकबाटै सन्दकपूर पुग्ने गरेको छन् । सन्दकपूर गाउँपालिका इलामले ४ वर्षअघि साहासिक पर्यटन प्रवद्र्धनमा प्रचारप्रसारका काम गरेपछि बाइकबाटै भारतीय पर्यटकहरु हिमाली दृश्यमा रमाउन आउन थालेको सन्दकपूर गाउँपालिका अध्यक्ष तुला गुरुङ्गले बताए ।


भारतीय पर्यटन व्यवसायीहरुलाई साइक्लिङ, बाइकिङ्गमा आकर्षित गर्न ४ वर्ष अघि भारतको सिलिगुडिबाट सन्दकपूरसम्म बाइकिङ्ग प्रतिस्पर्धा गरिएको थियो । सन्दकपूर पालिका भित्रका पर्यटकीयस्थलमा साहासिक पर्यटन प्रवद्र्धनका काम गरिएपपछि अहिले कलकत्ताबाट पर्यटकहरु आउने क्रम बढेको प्रमुख प्रशासकिय अधिकृत महेश राईले बताए ।


अहिले भारतको कलकत्ताको अल इण्डिया बुलेट क्लब र द इग्नाइटेड क्यानोस गरि दुई कम्पनीहरुले बाइकबाट पर्यटक नेपालको बाटो हुँदै सन्दकपूर पु¥याउने गरेका छन् । भारतमा साहासिक पर्यटनमा रमाउने युवाको संख्या बढेपनि भारतको सडक प्रयोग गरि बाइकिङ्ग गर्न नपाइने भएकाले पर्यटकहरुले नेपाली बाटो गरि मनोरञ्जन लिइरहेका छन् ।

बाइकमा आउने पर्यटकबाट सन्दकपूर गाउँपालिका भित्रका होमस्टेको आम्दानीको बढ्दै गएको सन्दकपूर गाउँपालिका उपाध्यक्ष हरि लुङ्गेलीले बताए । भारतको कलकत्तादेखि इलामको सन्दकपूरसम्मको बाइकको यात्रा ७ दिनसम्मको हुन्छ ।

पैदल यात्रा भन्दा बाइकको यात्रा आनन्दित हुने गरेको पर्यटकको अनुभव छ । पर्यटन व्यवसायमा अब्बल २ कम्पनीहरुले १५÷१५ दिनको फरकमा नेपालको सडक हुँदै सन्दकपूरसम्मको यात्रा लागि १५ देखि २० जनाको टोली पठाउँदै आएका छन् । जसले गर्दा सन्दकपूर गाउँपालिकाको पर्यटन प्रवद्र्धनमा ठुलो सहयोग पुगेको गाउँपालिका पूर्व अध्यक्ष उदय राईले बताए । साहासीक पर्यटनको सम्भावना सन्दकपूरमा धेरै रहेकाले गाउँपालिकाले साइकल र बाइकको रुट सँगै पदमार्ग निर्माणमा पनि प्राथमिकिता दिएको छ ।


सन्दकपूर दक्षिण एसियामा नेपाल, भारत, भुटान र चिनको तिब्बतका ६० बढी हिमश्रङ्खलामा रमाउन सकिने एक मात्र स्थान हो । सन्दकपूर नेपालको प्रदेश १ को प्रमुख पर्यटकीय गन्तव्य र घुम्नैपर्ने पर्यटकीयस्थलमा घोषित भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार