Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

बर्खे सागबाट आम्दानी गर्दै कन्यामका कृषक

बर्खे सागबाट आम्दानी गर्दै कन्यामका कृषक

  • गोपाल गिरी
  • मंगलबार, भाद्र २१ २०७९


बर्खे सागबाट आम्दानी गर्दै कन्यामका कृषक

कन्याम । थोरै ठाउँमा थोरै मेहनत गरेर पनि छोटो समयमै राम्रो आम्दानी दिन सक्ने वर्खे रायोको साग खेती प्रति कन्यामका कृषकको आकर्षण बढेर गएको छ। अन्य खेती गरेर उब्रेको खाली जमिन ,करेसावारी जताततै पनि उत्पादन गर्न सकिने रायोको साग टिप्न र बेच्न यतिबेला कृषक र व्यापारीहरुलाई चटारो छ।

कृषकहरुलाई पनि व्यापारीहरु गाडी लिएर नै घर घरमा साग उठाउदै हिड्न थाले पछि बोकेर स्थानीय बजार सम्म पुग्नुपर्ने झन्झट व्यर्होनु नपर्दा बचेको समयमा अन्य काम गर्न मजाले पाईरहेका छन् । यद्यपि गत वर्षको तुलनामा यस पटक सागको मूल्य सोचे अनुरुपको नभएको उनीहरुको गुनासो रहेको छ।

विगतका वर्ष हरुमा घरमै मुठाको ५० रुपैयाँ हालेर विक्री गर्न सफल रहेका कृषक द्वारिका पोख्रेलका अनुसार यस पटक ३०रुपैयाँ मुठाले पनि लिन पनि व्यापारीहरु निकै हिच्किचाउने गरेका छन् । अहिले पाएको मूल्य विगत वर्षको तिहार आसपास पाईने गरेकोे अनुभव अर्का कृषक गंगा महत को पनि रहेको छ।

मूल्य कम भए पनि छिटो छिटो उत्पादन लिन पाउँदा र घरको गर्जो टार्न पाउँदा कृषक हरु सन्तुष्ट नै रहेका छन् । प्राय सबै खालको माटोमा यसको खेती गर्न सकिने भए पनि मलिलो र प्राङगरिक पदार्थ बढि भएको स्थानमा उत्पादन भएको साग नरम हुने र खान स्वादिष्ट हुने बताईन्छ । रायो साग तराई देखि मध्य पहाडी क्षेत्रमा हिउँदमा र उच्च पहाडी क्षेत्रमा वर्खायाममा पनि गर्न सकिन्छ ।

रायोको सागमा भिटामिन ए, वि सी र इ प्रोटिन ,कार्वोहाईटेड ,आईरन जस्ता हामीलाई अत्यावश्यक पर्ने तत्वहरु पाईने विज्ञ हरु बताउँछन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार