Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

इलामका ३२ जना फुटबलरको जीवन बीमा

इलामका ३२ जना फुटबलरको जीवन बीमा

  • सन्देश सम्वाददाता
  • शनिबार, भाद्र १८ २०७९


इलामका ३२ जना फुटबलरको जीवन बीमा

इलाम । नवौं राष्ट्रिय खेलकुदको प्रदेश छनौटका लागि सहभागी हुने इलामका ३२ जना खेलाडीको निशुल्क जीवन बीमा गरिएको छ । इलामको देउमाई नगरपालिका निवासी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका सिनियर एजेन्सी म्यानेजर सोम लुइटेलले निःशुल्क बीमा गरिदिएका हुन् ।

पेशागत बीमा अभिकर्ता संघ बिमक समिति प्रदेश सदस्य समेत रहेका लुइटेलले पुरुष र महिला टोलीका १६÷१६ जना खेलाडीको प्रति व्यक्ति एक लाख रुपैया बराबरको बीमा गरिदिएको इलाम जिल्ला फुटबल संघका अध्यक्ष विक्रम श्रेष्ठले जानकारी दिए । बीमा भएका खेलाडीहरु १ वर्ष अवधिभित्रमा खेलका क्रममा घाइते भएको खण्डमा १ लाख रुपैयासम्मको उपचार सेवा पाउनेछन् ।

‘बीमा अवधि भित्रमा खेलाडीहरुको आकस्मिक कुनै कारणले मृत्यु भएमा परिवारलाई २ लाख रुपैया पाउनुहुनेछ । खेलाडी घाइते भएमा १ लाख रुपैया पाउनुहुनेछ,’ लुइटेलले भने ‘यो वर्षको मैले व्यक्तिगत खर्चमा गरिदिएको हो । उहाँहरुले ३ वर्षसम्म बीमा रकम तिर्नुभएको खण्डमा पैसा फिर्ता समेत लिन सक्नुहुनेछ ।’

खेलाडीहरुको बीमा नेपाली फुटबलको लागि नयाँ कदम भएको जिल्ला फुटबल संघका पुर्व उपाध्यक्ष मणी गुरुङ बताउँछन् । उनले खेलाडीहरुको स्वास्थ्य र जीवन बीमा बारेमा नीजि क्षेत्रको समेत सक्रियताले केही सुरक्षित महसुस हुने बताए ।

इलामबाट छानिएका खेलाडीहरु

गोलरक्षक

(१)मौसम मगर(बिबेक)

(२)सुमन दास
(३) हरि सिटौला #(सहायक कप्तान)
(४)रुपेन गुरुङ
(४)अभिषेक फागो
(५)बिकास बराल
(६)रोहित राई
(७)पिकेश लोक्ताम
(९)विशाल घलान लामा
(१०)आशिष् लावति
(११)माल्दिना आङ्थुपो
(१२)नितेश गुरुङ
(१३)अनिश थापा
(१४)पर्सान लिम्बू
(१५)सुरज दाहाल
(१६)मनिश थापा (टिम कप्तान)
#बैकल्पिक खेलाडी हरु
(१)बिबिक सुनाम
(२)रोहन राई (गोल किप्पर)
(३)केशब गुरुङ
(४)बच्चन राई
(५)सन्दिप राई
छनौट मा परेका महिला खेलाडी हरु
(१)सुजना यल्मो
(२)पबित्रा सेदेम्बा नेम्बाङ
(३) प्रिया बस्नेत
(४)सिजन खवास
(५)रोजिना राई
(६)डोमा शेर्पा
(७)ममता राई
(८)बिस्णु सम्बाहाङ्फे
(९)सुमिका राई
(१०)कबिता मगर
(११)निशा लेप्चा
(१२)चन्द्रकला राई
(१३)सिर्जना राई
(१४)अस्मिता राई
(१५)जेनिफर राना
(१६)अनिता राई
#बैकल्पिक खेलाडीहरु
(१)कन्चन राई (रोङ-५)
(२)मिङ्सु गरुङ (सुनपा-९)
(३)अनिशा राई (रोङ-४)
(४)दिपिसा लिम्बू (सुनपा-१)
(५)पुर्निमा योङ्हाङ (माई-७)

प्रतिक्रिया
सम्बन्धित समाचार