Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

झुटा आरोप लगाएकै कारण कांग्रेसले चुनाव हार्छ : सुवासचन्द्र नेम्वाङ

झुटा आरोप लगाएकै कारण कांग्रेसले चुनाव हार्छ : सुवासचन्द्र नेम्वाङ

  • सन्देश सम्वाददाता
  • सोमबार, मंसिर १८ २०७४


झुटा आरोप लगाएकै कारण कांग्रेसले चुनाव हार्छ : सुवासचन्द्र नेम्वाङ

 

इलाम,  ः नेकपा एमाले संसदिय दलका उपनेता तथा इलाम क्षेत्र नं २ का बाम गठबन्धनका उम्मेद्धार सुवासचन्द्र नेम्वाङले विपक्षीलाई झुटा आरोप लगाएकै कारण कांग्रेसले चुनाव हार्ने पक्कापक्की भएको बताएका छन । उनले.प्रधानमन्त्री देउवाले गृहमन्त्रालय सम्हाल्न नसकि विपक्षीलाई आरोप मात्र लगाउने कार्य मात्र गरेको बताए ।

इलाम सदरमुकाममा आयोजित वृहत आमसभालाई सम्वोधन गर्दै नेम्वाङले देशको हितका लागि साझा गठबन्धन बनाएकोले अब बहुमत ल्याएर केन्द्र र प्रदेशमा ५ बर्षे बामपन्थी सरकार बनाउने दाबी गरे ।

‘यसै क्षेत्रका जनताले तिन पटकसम्म विजयी गराएर सभामुख बन्ने सम्मको जिम्मेवारी दिएको र अब पनि विश्वास गरेर मत दिने’ उनको भनाई थियो । उनले भने– ‘पाँच वर्ष सम्म सरकार चलाउने जिम्मा दिएको खण्डमा देशमा आमुल परिवर्तन गर्ने छौँ ।’ निशुल्क शिक्षा, स्वास्थ्य सहितको घोषणा पत्र जनताको घरघरमा पठाइसकिएको जानकारी गराउँदै नेम्वाङले अब सोही अनुसार आफुहरु अघि बढ्ने बताए ।

सरकारमा बसेर के काम गर्ने र के काम नगर्ने भन्नेमा नै सरकार दोधार रहेकाले आचारसहिंता विपरित प्रहरी,प्रशासन फेरिने कार्यकर्तालाई करोडौ रकम बाड्ने गरेको नेम्वाङको आरोप छ । उनले सरकारको लापरबाहीमा समेत प्रहरी प्रशासनले गरेको कार्यलाइ धन्यवाद दिदैँ कुनै शक्तिले बम पड्काउदैमा जनता समक्ष जान डर नभएको बताएका छन् । नेम्वाङले इलामको समग्र विकास कार्यमा बामपन्थीलाई जिताउन जनताको विकल्प नभएको बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार