Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

तीजको अवसरमा विद्यार्थीलाई शैक्षिक सामाग्री

तीजको अवसरमा विद्यार्थीलाई शैक्षिक सामाग्री

  • सन्देश सम्वाददाता
  • बुधबार, भाद्र १५ २०७९


तीजको अवसरमा विद्यार्थीलाई शैक्षिक सामाग्री

माई । नेपाल राष्ट्रिय शिक्षक संगठन महिला विभाग) माईले विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ । तीजको अवसर पारेर माई नगरपालिका –६, भोटेटारस्थित श्रीजङ्गा आधारभूत विद्यालयका ५४ जना विद्यार्थीहरुलाई झोला, कापी, पेन्सिल, इरेजर र सार्पनर वितरण गरेको हुन् ।

संगठनको कार्यबाहक अध्यक्ष पार्वती फुयलको अध्यक्षता रहेको कार्यक्रममा संगठनका इलाम उपाध्यक्ष धर्मप्रसाद अधिकारीको प्रमुख आतिथ्यता र वडाध्यक्ष खड्ग सुन्दर योङहाङ र एमाले जिल्ला सदस्य मुखराज आङदेम्बेको विशेष आतिथ्यता रहेको थियो ।

संगठनका जिल्ला सदस्य खेमराज लिम्बू, खड्क कडेल, विद्यालय व्यवस्थाप समिति अध्यक्ष धनबहादुर लिम्बू, पूर्व विव्यस अध्यक्ष भक्त लिम्बू र शिक्षक अभिभावक संघका संयोजक गणेश राई रहेका थिए । संगठनका माई सचिव घनश्याम निरौलाको सञ्चालन र संगठन जिल्ला सदस्य एबम् माई महिला विभाग इन्चार्ज शुशिला खड्काले स्वागत गरेकी थिइन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार