Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

गगन थापालाई लक्षित गरेर चपली हाइटमा बम विस्फोट

गगन थापालाई लक्षित गरेर चपली हाइटमा बम विस्फोट

  • सन्देश सम्वाददाता
  • सोमबार, मंसिर १८ २०७४


गगन थापालाई लक्षित गरेर चपली हाइटमा बम विस्फोट

काठमाडाैँ । नारायणस्थानस्थित चपली हाइटमा काठमाडौं–४ का कांग्रेस उम्मेदवार गगन थापालाई लक्षित गरेर बम विस्फोटन गराउँदा थापासहित ११ जना घाइते भएका छन् । घाइतेहरुलाई महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । घाइते मध्ये दुई जनाको अवस्था अत्यन्त गम्भीर, दुईजनाको गम्भिर र सातजनाको अवस्था सामान्य रहेको चिकित्सकले जनाएका छन् ।

शिक्षण अस्पतालका आकस्मिक विभाग प्रमुख प्रा डा प्रतापनारायण प्रसादका अनुसार गगन थापालगायत अन्य १० जना घाइतेलाई इमर्जेन्सीमा भर्ना गरिएको छ । थापाको पिठ्युमा सामान्य चोट लागेको देखिएको छ । एक्सरेलगायतका थप परीक्षण पछि उनी घर फर्किएका छन् । घाइते मध्ये चारजनालाई गम्भीर र छजनालाई सामान्य चोट लागेको छ, डा प्रसादले भने, उहाँहरु सबैलाई ब्लाष्ट इञ्जुरी हो ।

थापाका सहयोगी प्रताप पौडेलका अनुसार गम्भीर घाइतेहरुमा श्यामकृष्ण श्रेष्ठ, जयराज लामिछाने, राजकाजी श्रेष्ठ, रेणु भरुवाल रहेका छन् । यस्तै सामान्य घाइतेमा ध्रुव खड्का, पूर्णबहादुर श्रेष्ठ, सुमन खड्का, रविन्द्र कार्की, काशिलाला श्रेष्ठ, पर्शुराम थापा रहेका छन्।

नेपाल प्रहरी काठमाडौं परिसर प्रमुख एसएसपी राजेन्द्र धानुकले गगन थापालाई बमको छर्रा लागेको जनाकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार