Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

इलामका दाहाल राखेप तालिम तथा प्रशिक्षण विभागको निर्देशकमा नियुक्त

इलामका दाहाल राखेप तालिम तथा प्रशिक्षण विभागको निर्देशकमा नियुक्त

  • लोकल सन्देश
  • सोमबार, भाद्र १३ २०७९


इलामका दाहाल राखेप तालिम तथा प्रशिक्षण विभागको निर्देशकमा नियुक्त

इलाम। राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत तालिम तथा प्रशिक्षण विभागको निर्देशकको जिम्मेवारी हिमालराज दाहालले पाएका छन् । यसअघिका निर्देशक अर्जुनबहादुर विकले उमेर हदका कारण अनिवार्य अवकास पाएपछि उक्त पद रिक्त थियो ।

रिक्त पदमा इलामका दाहाललाई राखेपका सदस्य–सचिव टंकलाल घिसिङले सोमबार पत्र हस्तान्तरण गरे । सोही अवसरमा विकलाई पनि मायाको चिनो प्रदान गरी बिदाइ गरिएको थियो । दाहाल वरिष्ठ ह्यान्डबल प्रशिक्षक हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार