Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

मतदानको समय सकियो, लाइन बसेकाले मतदान गर्न पाउने

मतदानको समय सकियो, लाइन बसेकाले मतदान गर्न पाउने

  • लाेकल सन्देश
  • आइतबार, बैशाख ३१ २०७४


मतदानको समय सकियो, लाइन बसेकाले मतदान गर्न पाउने

 

काठमाडौं‌ : स्थानीय तह निर्वाचनको पहिलो चरण सकिएको छ। मतदानको अवधि आइतबार विहान ७ देखि बेलुकी ५ बजेसम्म मतदानका लागि समय तोकेको थियो। तोकिएक समय सकिए पनि मतदान केन्द्रभित्र लाइनमा लागिसकेकाहरुले त्यो नसकिएसम्म मतदान गर्न पाउने निर्वाचन आयोगले जनाएको छ। प्रदेश नम्बर ३४ र ६ का ३४ जिल्लाका २८३ स्थानीय तहमा आइतबार मतदान भएको हो। यो निर्वाचनबाट १३ हजार ५६६ पदमा जनप्रतिनिधि निर्वाचित हुनेछन्। त्यसका लागि ४९ हजार ३३७ जना उम्मेदवार मैदानमा छन्।  निर्वाचनमा ४९ लाख ५६ हजार ९२५ मतदाता रहेकोमा उत्साहपूर्ण रुपमा मतदानमा सहभागिता भएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार