Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

सन्दकपूर गाउँपालिकामा मानसिक रोगीको पहिचान र निशुल्क उपचार

सन्दकपूर गाउँपालिकामा मानसिक रोगीको पहिचान र निशुल्क उपचार

  • सुजन तिमल्सिना
  • आइतबार, भाद्र १२ २०७९


सन्दकपूर गाउँपालिकामा मानसिक रोगीको पहिचान र निशुल्क उपचार

सन्दकपूर । आत्महत्याका घटना बढी हुने इलाम जिल्लाको सन्दकपूर गाउँपालिकामा मानसिक स्वास्थ्य समस्याका बिरामीको निःशुल्क उपचार शुरु भएको छ । युनिटि इन हेल्थ संस्थाले ३ वर्ष अघिदेखि सन्दकपूरका स्वास्थ्यकर्मीलाई तालिम,बिरामीको उपचारसँगै औषधि वितरणमा सहयोग गरेपछि गाउँपालिकाले अहिले निःशुल्क उपचार गर्दै आएको हो ।
मानसिक स्वास्थ्य समस्याको उपचार सेवा नहुँदा बिरामीहरुले आत्महत्या सम्म गर्ने घटना इलाममा बढ्दो छ । मानसिक रोगीको उपचारका लागि सरकारी स्वास्थ्य संस्थाबाट चेतनामुलक र उपचारात्मक सेवाको पनि अभाव छ । तर इलामको सन्दकपूर गाउँपालिकाले मानसिक स्वास्थ्यको उपचारात्मक सेवा प्रदान गरेपछि मानसिक रोगीका बिरामी खुल्दै गएका छन् ।
समाजले हेर्ने दृष्टिकोण राम्रो नहुँदा मानसिक रोगीले आफ्नो रोगबारे खुलेर समस्या बताउँदैनथे । तर सन्दकपूर गाउँपालिकामा मानसिक स्वास्थ्य बारे चेतनामुलक र उपचारात्मक सेवा शुरु गरेपछि मानसिक रोगीहरु खुल्दै गएका छन् । चेतनामुलक कार्यक्रम र निःशुल्क औषधी वितरणले मानसिक रोगीहरु खुल्दै गएको जमुना स्वास्थ्य चौकी सन्दकपूर ५ का प्रमुख भुपेन्द्र भट्टराईले बताए । मानसिक रोगीको पहिचान गर्न सन्दकपूर गाउँपालिका भित्रका सबै स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीलाई तालिम प्रदान गरिएको छ । युनिटि इन हेल्थ संस्थाको सहयोगमा गाउँपालिका भित्रका स्वास्थ्य चौकीबाट १२ प्रकारको औषधी बिरामीलाई निःशुल्क प्रदान गरिन्छ ।
मानसिक रोगीको पहिचान सहित निशुल्क औषधी वितरणले मानसिक रोगी खुल्दै गएका हुन् । मानसिक स्वास्थ्यको उपचारात्मक सेवाले बिरामी आफै स्वास्थ्य संस्था पुग्न थालेको सन्दकपूर गाउँपालिका स्वास्थ्य शाखा प्रमुख मनोजकुमार धुरझारले बताए ।
युनिटि इन हेल्थ संस्थाले ३ वर्ष अघिदेखि सन्दकपूरमा स्वास्थ्यकर्मीलाई तालिम, बिरामीको उपचार र औषधि वितरण गर्दै आएको थियो । संस्थाको कार्यक्रम सकिएपछि अहिले गाउँपालिकाले नै बजेट विनियोजन गरि मानसिक स्वास्थ्यका बिरामीको निःशुल्क उपचार गर्दै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार