Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

पुर्व राष्ट्रिय फुटबलर सिन्केमानले सुरु गरे एफएफटी

पुर्व राष्ट्रिय फुटबलर सिन्केमानले सुरु गरे एफएफटी

  • लोकल सन्देश
  • शुक्रबार, भाद्र १० २०७९


पुर्व राष्ट्रिय फुटबलर सिन्केमानले सुरु गरे एफएफटी

इलाम । पूर्व राष्ट्रिय फुटबलर जिवन सिन्केमानले उमेर समुहका खेलाडीलाई लक्षित गरि आधारभुत फुटबल प्रशिक्षण (एफएफटी) सुरु गरेका छन् । एएफसीद्वारा मान्यताप्राप्त फुटबल र फुटसल प्रशिक्षक समेत रहेका सिन्केमानले आठ देखि १६ वर्षसम्मका बालबालिकाहरुलाई लक्षित गरी फुटबल तालिम सुरु गरेका हुन् ।

पेप्सीकोलास्थीत उज्वल तारा स्कुलसँग ६ बर्ष देखि जोडिएका सिन्केमानले सो विद्यालयका इच्छुक खेलाडीहरुका लागि साप्ताहिक प्रशिक्षण सुरु गरेका हुन् । बालबालिका तथा युवा खेलाडीहरुलाई शारीरिक, प्राविधिक, सामाजिक, मनोवैज्ञानिक गरी चार क्षेत्रमा आधारित प्रशिक्षण विधिबाट उनीहरुको प्रदर्शन बढाउन प्लेटफर्म प्रदान गर्ने सिन्केमानले जानकारी दिए ।

नयाँ पुस्तालाई फुटबलमा आकर्षित गर्दै खेलकुदप्रति जोस र टिम वर्क, अनुशासन, सम्मान र नेतृत्व क्षमताका साथै फुटबलको प्राविधिक पक्षबारे सिक्ने वातावरण सिर्जना गर्ने उद्धेश्य राखिएको सिन्केमानले जनाएका छन् । प्रत्येक शनिबार पेप्सिकोलास्थित उज्वल ताराको प्राकृतिक मैदानमा ३५ जना बालबालिकाहरुले प्रशिक्षण लिनेछन् ।

प्रशिक्षणमा सहभागी हुने खेलाडीहरुले ५० घण्टाको प्रशिक्षण पूरा गरिसकेपछि प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रशिक्षण सत्रको उत्कृष्ट खेलाडीलाई पुरस्कार गरिने र प्रशिक्षणमा रिफ्लेक्ट कनेक्ट र एप्लाई (आरसिए) माध्यम अवलम्बन गरिने सिन्केमानले जानकारी दिए ।

१०औं सागका कास्य पदक विजेता एएफसी लाइसेन्सप्राप्त फुटबल र एएफसी लेभल वान फुटबल प्रशिक्षक सिन्केमानले देशमा असहज परिस्थितीका बावजुद खेलकुदमा युवाको ठूलो चासो रहेको उल्लेख गर्दै प्रतिकुल परिस्थितीका कारण उनीहरुमा जोश र समर्पणको कमी रहेको बताए ।

नयाँ पुस्तालाई आकर्षित गर्न र सानैदेखि खेलकुदप्रतिको बलियो लगावलाई जगाउनका लागि राम्रो खेलकुद वातावरण सिर्जना गर्न सक्दो प्रयास गरिरहेको र सोही प्रयास स्वरुप नेपाली फुटबलमा एफएफटी कार्यक्रम सुरु गरेको सिन्केमानले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार