रोङ । रोङ गाउँपालिका ५ मा तिज बिषेश कार्यक्रम सम्पन्न भएको छ । महिला नव प्रतिभा बहुउद्देश्यीय सहकारी संस्थाद्वारा तिज बिशेष कार्यक्रम रोङ ५ मा आयोजना गरेको थियो । कार्यक्रममा रोङ गाउँपालिका अध्यक्ष सुबास तामाङ, उपाध्यक्ष बिष्णुमाया भुजेल, पूर्व उपाध्यक्ष चन्द्रकला राई लगायत स्थानीय महिलाहरुको सहभागिता रहेको थियो ।
