Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

अब कनकाई बहुमुखी क्याम्पस सुरुङ्गा क्युए प्राप्त क्याम्पस

अब कनकाई बहुमुखी क्याम्पस सुरुङ्गा क्युए प्राप्त क्याम्पस

  • सन्देश सम्वाददाता
  • मंगलबार, भाद्र ७ २०७९


अब कनकाई बहुमुखी क्याम्पस सुरुङ्गा क्युए प्राप्त क्याम्पस

सुरुङ्गा : कनकाई बहुमुखी क्याम्पस सुरुङ्गाले क्युए सटिफिकेट प्राप्त गरेको छ । अब कनकाई बहुमुखी क्याम्पसका विद्यार्थीको सटिफिकेट विश्वका जुनसुक्कै मुलुकका लागि गुणस्तर प्राप्त हुनेछन । अनुदान आयोगबाट कनकाई बहुमुखी क्याम्पसले उक्त सटिफिकेट प्राप्त गरेको कनकाई बहुमुखी क्याम्पसका अध्यक्ष प्रेमप्रसाद चुडालले बताए ।

क्युए प्राप्त क्याम्पस झापामा कनकाई तेस्रो क्याम्पस भएको छ यसअघि दमक बहुमुखी र त्रिदेव बहुमुखी चारआलीले यो सटिफिकेट प्राप्त गरिसकेको छ । यो सटिफिकेट प्राप्त गरेसगै क्याम्पसको सटिफिकेट अन्तराष्ट्रिय बजारमा उत्कृष्ट मुल्याङ्कन मात्रै हुने छैन कनकाई बहुमुखी क्याम्पसले शैक्षिक र भौतिक विकासका लागि विश्व अनुदान आयोगबाट सहयोग समेत पाउने छ ।\

कनकाई बहुमुखी क्याम्पसले यस क्युए प्राप्तका लागि विगत १० बर्षदेखि लामो सङ्घर्ष गर्दै आएको थियो । कनकाई बहुमुखी क्याम्पसमा हाल १५ सय विद्यार्थी र ४० जना शिक्षक कर्मचारी रहेका छन् । कनकाईमा प्रविणता तहदेखि स्नातकोत्तर तहसम्मको अध्यापन हुँदै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार