Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

इलाम नगरपालिकाको टोलीद्धारा आविष्कार केन्द्र अवलोकन

इलाम नगरपालिकाको टोलीद्धारा आविष्कार केन्द्र अवलोकन

  • सन्देश सम्वाददाता
  • शनिबार, भाद्र ४ २०७९


इलाम नगरपालिकाको टोलीद्धारा आविष्कार केन्द्र अवलोकन

इलाम । इलाम नगरपालिकाका जनप्रतिनिधिहरुले राष्ट्रिय आविष्कार केन्द्रको अवलोकन गरेका छन् । नगर प्रमुख केदार थापा, उपप्रमुख विष्णु लिम्बु दाहाल, वडाध्यक्ष लगायतको टोलीले महाविर पुनले स्थापना गरेको केन्द्रको अवलोकन गरेको हो । टोलीले केन्द्रबाट निर्माण भएको बहुउपयोगी उपकरणको अवलोकन गरेको थियो ।

कृषि,स्वास्थ्य,शिक्षामा उपयोगी प्रविधिको इलाममा पनि रुपान्तरण गर्ने र प्राविधिमा इलाम नगरपालिका संग आविष्कार केन्द्रले सहकार्य गर्ने टोलीका सदस्य हरि गुरुङले बताए । इलामको लागि विषेश कफि रोस्टिङ्ग गर्ने मेसिन,प्राङ्गरिक मल बनाउन मेसिन,सेनिटरी प्याड बनाउने मेसिन लगायतको बारेमा चासो व्यक्त भएको जनाइएको छ ।

दुधको प्रोडक्ट खुवा बनाउने, घ्यु पेल्ने, फलफुल,अलैची,अदुवा,खोर्सानी,चिप्स, सुकाउने ड्रायर,चिया सुकाउने ड्रायर,खेतबारी जोत्ने आविष्कार केन्द्रमा बनिएका मेसिनहरु्सभिस वारेन्टीका साथ बजार मूल्य भन्दा आधा मुल्यमा पाइने भएकाले छलफल सकारात्मक भएको गुरुङले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार