Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

डेरी व्यवसायमा जमेका सन्दकपूर ५ का केवल राई (फोटो फिचर )

डेरी व्यवसायमा जमेका सन्दकपूर ५ का केवल राई (फोटो फिचर )

  • सुजन तिमल्सिना
  • शनिबार, भाद्र ४ २०७९


डेरी व्यवसायमा जमेका सन्दकपूर ५ का केवल राई (फोटो फिचर )

इलाम । रोजगारीको अवसर नपाएर दैनिक सयौँ नेपाली बिदेसिन्छन् । तर इलामको सन्दकपूर ५ का केवल राईले विदेशबाट फर्केर डेरी उद्योग स्थापना गरि गाउँका ९ युवालाई रोजगारी दिएर मनग्ये आम्दानी गरिरहेका छन् ।


सन्दकपूर ५ निवासी केवल राईले रोजगारीका लागि वैदेसिए । वैदेसिक रोजगारीबाट पनि राम्रो आम्दानी नभएपछि विदेशबाट फर्केपछि शैक्षिक पेशामा लागेपनि सफल बन्न सकेनन् । शैक्षिक पेशा छोडेर २०६७ सालमा डेरी उद्योग खोले । तीन घरको दूध संकलनबाट छुर्पि बनाउन डेरी उद्योग खोलेका केबल राई अहिले सफल दुग्ध व्यवसायी भएका छन् ।


१५ लिटर गाइको दूध संकलन गरि छुर्पी बनाउन थालेका राईको उद्योगमा अहिले ५ सय लिटर दूध संकलन हुन्छ । अन्तराष्ट्रिय बजारमा कुकुरको आहारका लागि छुर्पीको माग बढेसँगै राईको उद्योगमा उत्पादित छुर्पी धेरै बिदेश निर्यात हुन्छ ।


दूध गुणस्तर मापन गर्ने प्रविधिको प्रयोग गरेपछि अहिले उद्योगमो ४ सय ५० लिटर दूध संकलन हुँदै आएको छ । सामाङ्सुङ हाङ्खिम डेरी उद्योगमा गाउँका ५० बढी किसानले गाइको दूध बिक्रि गर्दै आएका छन् । राईले आफ्नो उद्योगको उत्पादनसँगै सन्दकपूर पालिका भित्रका डेरी उद्योगबाट छुर्पी संकलन गर्दै आएका छन् ।
५० हजार लगानीबाट शुरु भएको डेरी उद्योगमा अहिले ११ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।

दूध ढुवानी गर्नेेले प्रतिलिटर ३ रुपैयाँ पाउँछन् । अन्य कामदारले मासिक रुपमा पारिश्रमीक पाउने गरेका छन् । उद्योगमा दैनिक १ सय ५० केजी छुर्पी र २० किलो घिउ उत्पादन हुन्छ । छुर्पी प्रतिकिलो १२ सय ५० रुपैयाँ र घिउ प्रतिकिलो ७ सय रुपैयाँमा बिक्रि हुँदै आएको छ । नेपाल र भारतका बजारसँगै युरोपमा समेत छुर्पी निर्यात हुने गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार