Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

खनालको योजनामा माईजोगमाईलाई १५ करोड २१ लाख बराबरको कार्यक्रम

खनालको योजनामा माईजोगमाईलाई १५ करोड २१ लाख बराबरको कार्यक्रम

  • राेशन काफ्ले
  • शुक्रबार, भाद्र ३ २०७९


खनालको योजनामा माईजोगमाईलाई १५ करोड २१ लाख बराबरको कार्यक्रम

नयाँबजार । पुर्व प्रधानमन्त्री झलनाथ खनालले माईजोगमाई गाउँपालिकाको लागि १५ करोड २१ लाख रुपैया बराबरको कार्यक्रम विनियोजन गरेका छन् । खनालले माईजोगमाई गाउँपालिकाको लागि १५ करोड २० लाख ९९ हजार रुपैया बराबरको २३ वटा योजनाहरु आर्थिक बर्ष ०७९÷८० को बार्षिक कार्यक्रममा समावेश गराएका हुन् ।

उनले नयाँबजार–जौबारी–तुम्लिङ–मेग्मा सडक स्तरोन्नतीका लागि १ करोड ५० लाख विनियोजन गरेका छन् । पशुपतिनगर–मानेभञ्ज्याङ–नयाँबजार–प्याङ– जमुना इङला–माबु–माईमझुवा हुँदै देउराली–आलुबारी–बागखोर–फाकफोकथुम गाउँपालिका–माङ्सेबुङ गाउँपालिका हूँदै पाँचथर रिङ रोडमा १ करोड ५० लाख रुपैया विनियोजन गरेका छन् ।

रुलुक खोलामा पक्की पुल, माईजोगमाई गाउँपालिका अन्तर्गत प्याङ–सुम्बेक सडक खण्डमा ५ लाख, गोदक घट्टाबाट माईजोगमाई–जोड्ने पुलि डिपिआर, प्याङ स्थित दोभान खोला झोलुङ्गे पुल १० लाख, सोयाङ खोला वडा नं ३ र ५ भस्मे, ध्वजे डाँडा ढाडेखोला झोलुङ्गे पुलमा २० लाख, सुर्केखोला–निरौला गाउँ,–कम्बर गाउँ–रसाइली गाउँ, तामा गाउँ सिचाइ योजना ३८ लाख ८६ हजार बिनियोजन गरेका छन् । घलेखोला भाङबारी नौलेडाँडा कलसिंह सिचाई योजनामा ३८ लाख ८२ हजार, भुतेखोला चावाखोला सिचाई योजनामा ९८ लाख ८६ हजार, मलेखोला सिचाई आयोजना ३३ लाख ५६ हजार रहेको छ ।

ढुङ्गेखोला भण्डारी हुँदै थापा गाउँ सिचाई योजना १८ लाख ४८ हजार, सोयाक खोला २ नं कुलो सिचाई योजना ६१ लाख ९८ हजार विनियोजना गरेका छन् । त्यसैगरी मलुखोला सिस्ने सोमबारे सिचाई योजना २४ लाख, बाङ्गे कैजाले हुँदै खमारे बेँसी सिचाई योजना ९ लाख ६५ हजार, सोयाक खोला १ नं कुलो सिचाई योजना ४६ लाख ५० हजार, मलुखोला चौविसे आमबोटे सिचाई योजनामा ११ लाख ३२ हजार विनियोजना भएको छ ।

त्यसैगरी माईजोगमाई बृहत खानेपानी आयोजना ४० लाख, माईजोगमाई नयाँ सोयाङ खोला योजना, नविकरणीय उर्जा प्रविधि जडान (बायोग्यास, सुधारिएको चुलो, विद्युतिय चुलो) मा ८ लाख विनियोजन भएको छ । शहरी विकास मन्त्रालय अन्तर्गत सुरक्षित नागरिक आवासमा प्रत्येक घरधुरीको लागि ७५ हजारको दरले ७ सय घर परिवारलाई ५ करोड २५ लाख बराबरको खरको छानो विस्थापनको लागि रकम उपलब्ध गराइने भएको छ ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत युवा रोजगारीका लागि रुपान्तरण पहल परियोजनामा ३८ लाख, माईजोगमाई–५ शिवालय मन्दिर बिस हाते ढुङ्गाबाट पिच सडकमा जाने सहायक सडक स्तरोन्नतीमा १ करोड रुपैया रहेको छ । इलाम जिल्ला विद्युतिकरणको लागि ८० करोडको टेन्डर भएको खनालले जनाएका छन् । कार्यक्रम अन्तर्गत माईजोगमाई गाउँपालिकामा १२ महिना भित्र सम्पुर्ण वडामा विद्युतिकरण सम्पन्न हुने जनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार