इलाम । इलामको रोपाइ जात्रा संगै लिम्बू जातिको धाननाच, च्यब्रुङ नाच प्रस्तुत गरिएको छ । परम्परागत रुपमा मनाइँदै अएको रोपाइ जात्रामा आफ्नो किराँत याक्थुङ चुम्लुङ्गको जिल्ला समितिको पहलमा लिम्बु जातिको सास्कृतिक नाचहरु प्रस्तुत गरिएको हो ।
परम्परागत रुपमा मेला बजारमा नाचिने लिम्बु संस्कृति हराउँदै गएको र त्यसलाई संरक्षण गर्ने उदेश्यले रोपाइजात्रामा प्रदर्शन गरिएको किराँत याक्थुङ चुम्लुङ्ग जिल्ला समिति अध्यक्ष बिुद्धमाया सोङ्मीले बताइन् ।






