Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

काेराेना माहामारीले जन्माएका कृषि उद्यमी सनम राई

काेराेना माहामारीले जन्माएका कृषि उद्यमी सनम राई

  • सुजन तिमल्सिना
  • आइतबार, साउन २२ २०७९


काेराेना माहामारीले  जन्माएका कृषि उद्यमी सनम राई

साउन । कोरोना माहामारीबाट सहरी क्षेत्रका धेरै उद्योगहरु बन्द भएको अवस्थामा इलामका एक युवा भने महामारीकै बेला कृषि उद्योगमा स्थापित भएका छन् । इलामको उत्तरी सन्दकपूर गाउँपालिका २ का युवा सनम राई कृषि र पशुपालनबाट मनेग्य आम्दानी लिन थालेका छन् ।
विश्वभर फैलिएको कोरोना महामारी रोक्न नेपालमा लकडाउन भएसँगै धेरै नेपाली घरभित्र बस्न बाध्य भए । सहरी क्षेत्र पूर्ण ठप्प हुने भएपछि सहर पेसेका धेरै युवा आफ्नै घर फर्किए ।


सहरमा अध्ययनका सिलसिलामा बसेका धेरै विद्यार्थी माहामारीले घर फर्किन बाध्य भएका मध्ये इलामका एक युवा सनम राई व्यवसायीक कृषि र पशुपालनमा जमेका छन् । लामो सयम घरमा बस्नु परेपछि सन्दकपूर २ युवा सनम राईले लकडाउनकै बिचमा व्यवसायीक कृषि र पशुपालन शुरु गरे ।
किबी खेती गर्न गाउँमा लहर चलेको बेला उनले शूरुमा तीन सय बोट किबिका बिरुवा लगाए । खेतीयोग्य जमिन प्रशस्त भएकाले उनले रोपेको किबि फलको पहिलो उत्पादनबाटै २ लाख बढी आम्दानी भएको छ । रोपण भएको ३ वर्षबाट आम्दानी दिने किबि फलबाट लगानी उठाएर डेढ लाख बढी आम्दानी भएको युवा उद्यमी सनम राईले बताए ।
घाँसे जमिन प्रशस्त भएकाले राईले बाख्रा पालन शुरु गरे । बजारमा खसी बोकाको माग बढी भएकाले बाख्रा पालनमा उनी आकर्षित भए । १ सय वटासम्म खसिबोका पालन गरेका राइले अहिले बंगुरको फार्म पनि संचालन गर्दै आएका छन् । बाख्रा पालनबाट आम्दानी राम्रो भएपनि अहिले बढी मात्रामा राईले बंगुर पालनमा लगानी गर्दै आएका छन् ।
राईको फार्ममा अहिले उन्नत जातका २० वटा बंगुर पालन गरिएको छ । राईको फार्मबाट बंगुरका बच्चाहरुको पनि बिक्रि हुँदै आएको छ । उन्नत जातका बंगुरका पाठापाठीहरुको माग बढी रहेकाले लगानी उठिसकेको उनले बताए ।


२०७९ बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा वडाध्यक्षमा निर्वाचित २४ वर्षिय युवा राईले अहिले रेम्बो ट्रआट माछाको फार्म संचालनको तयारी गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार