Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

माईजोगमाई गाउँपालिका आइपुग्यो एम्बुलेन्स (फोटो फिचर )

माईजोगमाई गाउँपालिका आइपुग्यो एम्बुलेन्स (फोटो फिचर )

  • लोकल सन्देश
  • शुक्रबार, साउन २० २०७९


माईजोगमाई गाउँपालिका आइपुग्यो एम्बुलेन्स (फोटो फिचर )

नयाँबजार । इलामको माइजोगमाई गाउपालिकाले एम्बुलेन्स खरिद गरेको छ । अग्नि इन्टरप्राइजेस कम्पनी बाट खरिद गरेको एम्बुलेन्स गाउँपालिकालाई हस्तान्तरण भएको हो । माइजोगमाई गाउँपालिकाको आधारभुत अस्पताल मार्फत संचालन हुने एम्बुलेन्स पालिकाले गत आर्थिक वर्षमा खरिद गरेको थियो ।

१९ लाख ९८ खरिद गरेको एम्बुलेन्स नेपाल सरकारको कर छुट प्रक्रियाका कारण ढिलो गरि मात्रै आइपुगेको प्रमुख प्रशासकिय अधिकृत भागवत प्रसाद रेग्मीले बताए । नेपाल सरकारको कर छुटको सुविधा अनुसार एम्बुलेन्स खरिद भएको स्वास्थ्य शाखा प्रमुख रामसंकर देवले बताए । ख वर्गको एम्बुलेन्स खरिद गरि संचालन गर्ने माईजोगमाई गाउँपालिकाले एम्बुलेन्स संचालन निर्देशीका मार्फत सेवा प्रदान गर्ने योजना बनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार