इलाम । नेपाली कांग्रेसका केन्द्रीय सदस्य भिष्मराज आङ्दम्बेले नेकपा एमाले पहिचान बिरोधी पार्टी भएको बताएका छन् ।
नेपाली कांग्रेस चुनाव प्रचार प्रचार समिति इलाम नगरपालिका ५ ले आयोजना गरेको चुनावी आमसभालाई सम्बोधन गर्दै आङदम्बेले पटक–पटक पहिचानका लागि भएका आन्दोलनमा एमाले पहिचान बिरोधी भएर पहिचानबादीका मुद्धा ओझेलमा पार्ने काम गरीरहेको बताए । उनले पहिचानका मुद्धा उठाउन कांग्रेसले आदिवासी जनजाती र महिलालाई साथ दिए पनि एमालेले आर्दश र खोक्रा कुरा गरेर पहिचानका मुद्धा दवाउने काम मात्र गरेको बताए ।
उनले फरक प्रसङ्गमा कम्युनिष्ट पार्टीहरु भित्र साना पार्टीको अस्थित्व नरहने भन्दै अहिलेको बाम गठबन्धनले साम्यवाद लादन खोजीएको बताए । यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेस इलामका सभापती हिमालय कर्मचार्यले बामपन्तीहरुले झुठको खेती गरेर देशलाई बिखण्डन तर्फ लैजाने कोशिस गरिरहेको बताए । उनले एमालेका ठूला भनीएका नेताले इलामको बिकास आझेलमा पार्ने काम गरेको बताए ।
कार्यक्रममा इलाम निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्यका नेपाली कांग्रेसका उम्मेद्धार तथा पूर्व राज्यमन्त्री केशब थापाले आफु हिजो पनि इलामको बिकासमा लागेकाले जनताले आफुलाई फेरी पनि बिश्वास गर्ने बताए । यस्तै निर्वाचन क्षेत्र नम्बर २ एकका प्रदेश सभा सदस्यका उम्मेद्धार डम्बर खडकाले २० औँ बर्ष एमालेले इलाममा एकलौटी राज गरेर जनता ढाट्ने काम गरेको बताए । उनले पहुँचमा रहेका एमाले नेताले इलामको बिकास गर्नको सट्टा इलामका जनतामाथी भोटको राजनीति मात्र गरेको उनको भनाई छ ।