Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

सन्दकपुरमा चालु आर्थिक बर्षमा ३९ करोड भन्दा बढिको बजेट सार्वजनिक

सन्दकपुरमा चालु आर्थिक बर्षमा ३९ करोड भन्दा बढिको बजेट सार्वजनिक

  • सन्देश सम्वाददाता
  • सोमबार, साउन १६ २०७९


सन्दकपुरमा चालु आर्थिक बर्षमा ३९ करोड भन्दा बढिको बजेट सार्वजनिक

सन्दकपुर । इलामको सन्दकपुर गाउँपालिकाले चालु आर्थिक बर्षमा ३९ करोड भन्दा बढिको कार्यक्रम संचालन गर्ने भएको छ । पालिकाले ११ औ गाउँसभाबाट पारित गरेको ३९ करोड ५५ लाख ७१ हजार ३३० रुपैया बराबरको कार्यक्रम सार्वजनिक गरेको छ । सन्दकपुरले सामाजिक विकासका लागि १४ करोड ९६ लाख ४६ हजार २७४ रुपैया विनियोजन गरेको छ । प्रशासनिक खर्चमा सुधार गर्दै पालिकाले चालु आर्थिक बर्षमा ८ करोड ४ लाख ६९ हजार रुपैया राखेको छ ।

त्यसैगरी सवै सशर्त समपुरक र विशेष कार्यक्रममा १९ करोड ४८ लाख २९ हजार रुपैया रहेको छ । सुशासनको क्षेत्रका साथै वन वातावरण तथा जलवायु, विपद व्यवस्थापन, संस्थागत विकास, वित्तिय सुशासन तथा व्यवस्थापनका लागि १ करोड ७७ लाख ३८ हजार २६४ रुपैया रहेको प्रमुख प्रशासकिय अधिकृत महेश राईले जानकारी दिए । पालिकाले यस बर्ष आन्तरिक आम्दानी १ करोड ८१ हजार हुने प्रक्षेपण गरेको छ । सन्दकपुरमा संघीय सरकार समानीकरण अनुदानमा ९ करोड १८ लाख रुपैया प्राप्त हुनेछ ।

प्रदेश सरकार समानीकरण अनुदानमा ४७ लाख ९१ हजार, संघीय सरकार राजस्व बाडफाडमा ७ करोड २५ लाख ७८ हजार रहेको छ । त्यसैगरी प्रदेश सरकार सवारी साधन कर बाँडफाडमा ४४ लाख ९२ हजार ३३० रुपैया रहेको छ ।
पालिकामा चालु प्रदेश सरकार समपुरक अनुदान १ करोड, संघीय सरकार सशर्त अनुदान १७ करोड ५० लाख, प्रदेश सरकार सशर्त अनुदान १ करोड १५ लाख २९ हजार र संघीय सरकार विशेष अनुदान चालु तर्फ ८३ लाख रहेको छ ।

गाउँपालिका अध्यक्ष तुलाबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिति प्रमुख जयप्रकाश राई, विशेष अतिथि निवर्तमान गाउँपालिका अध्यक्ष उदयबहादुर राई लगायतले पालिकाको बजेट तथा कार्यक्रमको पुस्तिका सार्वजनिकिकरण गरे ।

गाउँपालिका उपाध्यक्ष हरि लुङ्गेलीले स्वागत गरेको कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सहसचिव देवेन्द्र सुवेदी, नेकपा एमालेका याम राई, नेकपा एकिकृत समाजवादीका प्रदिप राई, जनजाति महासंघका रुपेन नेम्वाङ,नेकपा विप्लबका खड्ग राईले शुभकामना मन्तव्य राखेका थिए ।

प्रशासकिय अधिकृत धननारायण श्रेष्ठले संचालन गरेको कार्यक्रममा पहिलो निर्वाचित जनप्रतिनिधिको कार्यकालमा भएको ५ बर्षे प्रगतीको समिक्षा समेत गरिएको थियो । निवर्तमान जनप्रतिनिधिहरुको समेत सहभागिता रहेको कार्यक्रममा सन्दकपुरमा अघिल्ला जनप्रतिनिधिहरुको काम सन्तोषजनक नै पाइएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार