Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

प्याङमा गर्भवती महिलालाई पोषिलो खानेकुरा

प्याङमा गर्भवती महिलालाई पोषिलो खानेकुरा

  • सन्देश सम्वाददाता
  • सोमबार, साउन १६ २०७९


प्याङमा गर्भवती महिलालाई पोषिलो खानेकुरा

नयाँबजार । इलामको माईजोगमाई–६ प्याङमा गर्भवती महिलाहरुलाई पोषिलो खानेकुरा वितरण गरिएको छ । बहुक्षेत्रिय पोषण कार्यक्रम अन्तर्गतको गर्भवती महिला हरुलाइ पोषण प्याकेज मार्फत पोषिलो खाना बितरण र अपाङ्ग महिलाहरुलाइ स्यानिटरी प्याड बितरण गरिएको हो ।

वडाध्यक्ष दिपेश सोङ्मीको अध्यक्षतामा प्राथमिक स्वास्थ्य केन्द्र प्याङ्गमा एक कार्यक्रमका विच पोषण सामाग्री र सेनिटरी प्याड वितरण गरिएको थियो । गाउँपालिका अध्यक्ष कुश बहादुर थेवे उपाध्यक्ष प्रविना राईले सामग्री हस्तान्तरण गरेका हुन् । कार्यक्रममा माईजोगमाई स्वास्थ्य शाखा प्रमुख राम शँकर देव, प्राथमिक स्वास्थ्य केन्द्र प्याङका मेडिकल अधिकृत डा. बिजय कुमार देव लगायत अन्य सरोकार वालाहरुको उपस्थितीमा रहेको थियो ।

कार्यक्रममा स्वास्थ्य स्वयमसेविकाहरुलाई पोषण प्याकेज सम्बन्धी क्षमता अभिवृद्धि तालिम समेत सम्पन्न गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार