Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

फुएतप्पामा ९ सदस्यीय मेलमिलाप समिति

फुएतप्पामा ९ सदस्यीय मेलमिलाप समिति

  • लिला लिम्बु
  • बिहिबार, साउन १२ २०७९


फुएतप्पामा ९ सदस्यीय मेलमिलाप समिति

फाकफोथकुम । इलामको फाकफोकथुम गाउँपालिका–४ फुएतप्पामा मेलमिलाप समिति गठन गरिएको छ । वडाध्यक्ष पदम बहादुर दलार्मी मगरको अध्यक्षतामा ९ सदस्यीय समिति गठन भएको हो । पालिकाको न्यायिक समितीको पत्र अनुसार प्रत्येक वडामा मेलमिलाप सम्बन्धी ४८ घण्टे तालिम लिएका मेलमिलापकर्ताहरुको पुर्न सुचिकृत हुनुपर्ने नियम अनुसार वडा नं ४ मा ९ जना सुचिकृत भएका थिए ।

सदस्यहरुमा चिरञ्जीवी रेग्मी, सुनिल खनाल, सिता ढुंगाना ,लिला बहादुर लिम्बु,सुतुमान राई, छलि माया भारती, गायत्रा आचार्य रेग्मी, खगिमाया मगर र हरि दंगाली मगर रहेका छन् । रेग्मीलाई फाकफोकथुम गाउँपालिकाको न्यायिक समितिमा सुचिकृतको लागि सिफारिस गरिएको वडाध्यक्ष पदम बहादुर दलार्मी मगरले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार