फिक्कल । सूर्योदय नगरपालिकामा आयोजित अन्तर माध्यमिक विद्यालय स्तरिय हाजिरी जवाफ प्रतियोगिताको उपाधि सरस्वती माध्यमिक विद्यालय लक्ष्मीपुरले जितेको छ । कृष्णाश्रम मावि. दोस्रो र सनराइज अंग्रेजी विद्यालय तेस्रो स्थान हासिल गर्न सफल भए ।
प्रथम हुनेले नगद सात हजार , दोस्रो हुनेले नगद पाँच हजार र तेस्रो हुनेले नगद तीन हजार सहित प्रमाण पत्र प्राप्त गरेको संञ्चालक तथा प्रविधिक सहायक नविन पौड्यालले जानकारी दिए । सूर्योदय नगपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा बाह्र महिना बाह्र कार्यकम अन्तरगत चालु आर्थिक बर्षको पहिलो कार्यक्रम हाजिरी जवाफ आयोजना गरिएको हो ।

मंगलबारबाट सूर्योदय नगरपालिकाको सभा हलमा भएको प्रतियोगितामा २९ वटा माध्यमिक विद्यालयको सहभागिता रहेको थियो । जसमा करफोक विद्या मन्दिर करफोक, फिक्कल मावि , एभरल्यान्ड इन्टरनेशन बोर्डिङ र बौद्धधाम मा.वि.मा वडा स्तरीय छनोट हुदै प्रथम, र दोस्रो हुने विद्यालयहरू फाइनल चरणमा प्रवेश पाएका थिए ।
सूर्योदय नगरपालिका निमित्त प्रमुख प्रशासकिय अधिकृत तथा शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख योगिनिधी भट्टराईको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सरस्वती मा.वि, वडा-१४, कृष्णाश्रम मा.वि. वडा-७ सनराइज अंग्रेजी विद्यालय वडा-१०, इभरल्याण्ड इन्टरनेशनल अंग्रेजी विद्यालय वडा-१०, बौद्धधाम मावि वडा-२ समालबुङ मा.वि. वडा -५ , गणेश्वरी मावि वडा १२ हिमालय मा.वि. वडा १ ले फाइनल चरण मा प्रवेश गरेका थिए ।