Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

एन्फामा पदका लागि दबाब नदिएको थापाको स्पष्टोक्ति

एन्फामा पदका लागि दबाब नदिएको थापाको स्पष्टोक्ति

  • सन्देश सम्वाददाता
  • बुधबार, साउन ११ २०७९


एन्फामा पदका लागि दबाब नदिएको थापाको स्पष्टोक्ति

इलाम : अखिल नेपाल फुटबल संघ ९एन्फा० का पूर्वअध्यक्ष गणेश थापाका छोरा गौरव थापाले एन्फाको पदका लागि कसैलाई अनुरोध र दबाब नदिएको बताएका छन्। अखिल नेपाल फुटबल संघ ९एन्फा०मा प्रमुख कार्यकारी अधिकृत (सिइओ) को रुपमा गौरवको नाम बाहिर आएपछि फुटबल वृतमा विवाद सृजना भएको थियो। गौरवले बुधबार एक विज्ञप्ति जारी गर्दै पदका लागि दबाब नदिएको स्पष्ट पारेका छन्।

उनले वर्तमान अध्यक्ष र महासचिवले सहयोगको आग्रह गरेको उल्लेख गरे। ‘फिफा र एएफसीलाई अमान्य हुने गरि मैले एन्फामा कुनै पनि भूमिका चाहेको छैन। मैले कहिल्यै पनि एन्फामा कुनै पदका लागि कसैलाई अनुरोध वा दबाब दिएको छैन। बरु वर्तमान अध्यक्ष र महासचिवले नै उहाँहरुलाई सहयोग गर्न भनेर मेरो नाम प्रस्ताब गर्नुभएको हो।’ विज्ञप्तिमा लेखेका छन्।

फिफाको प्रतिबन्धमा रहेका गणेश थापाले गौरवलाई सिइओ अथवा सह–महासचिव नियुक्तका लागि दबाब दिदै आएको एन्फाकै पदाधिकारीले आरोप लगाउँदै आएका छन्। पूर्व अध्यक्ष थापाले एएफसीका पूर्व अध्यक्ष मोहम्मद बिन हमामसँग लिएको पैसा गौरवको खातामार्फत आएको कारण उनलाई नियुक्त गर्दा नेपाल अप्ठयारो पर्ने भन्दै एन्फा कार्यसमितिका पदाधिकारीहरुले बताउँदै आएका छन्।

एन्फामा यसअघि अन्तर्राष्ट्रिय विभाग प्रमूखको रुपमा काम गरिसकेका गौरवले आफूलाई नियुक्त गरे फिफा तथा एएफसीले स्वीकार नगर्ने भन्दै चलाइएको हल्ला निराधार भएको बताए। गौरवले विज्ञप्तिमा थप लेखेका छन् ‘ नेपाल फुटबल विनास चाहने एउटा समुहले संगठित रुपमा गरिरहेको षडयन्त्र दुर्भाग्यपुर्ण छ। अझ त्यसमा मेरो नाम समेत जोडिनु झनै आश्चर्यजनक र दुःखद छ। म फेरि पनि प्रष्ट पार्न चाहन्छु कि यस्तो फोहोरी राजनीतिमा मेरो हिजो पनि कुनै संलग्नता थिएन्, अहिले पनि छैन्। म फुटबलको एउटा व्यवसायिक व्यक्ति हुँ र नेपाली फुटबलका लागि आवश्यक पर्दा आफ्नो क्षमता अनुसार योगदान गर्न कहिले पछि पर्ने छैन।’

गौरवले आफ्नो विज्ञप्तिमा २०१३ देखि पटकपटक अन्तर्राष्ट्रिय सम्बन्ध प्रमूखको रुपमा काम गरेका थिए। त्यसपछि पनि नेतृत्व विकासको उद्देश्यमा एएफसीले सञ्चालन गरेको कोर्स गरेको लगायत एन्फा, फिफा र एएफसीसँगका संलग्नताका उदाहरण दिँदै आफ्नो नियुक्तिले अहिले पनि कुनै समस्या नपार्ने जिकिर गरेका छन्।

एसियाली फुटबल महासंघ एएफसीमा प्रतिस्पर्धा निर्देशक लगायत विभिन्न महत्वपूर्ण पदमा रहेर काम गरेका गौरवसँग विश्वकप, ओलम्पिक र एसियन कपजस्ता ठूला प्रतियोगिता आयोजनाको अनुभव छ।

प्रतिक्रिया
सम्बन्धित समाचार