इटहरी । गायक उल्सन श्रेष्ठ र गायिका सन्ध्या जोशीको आवाजमा ‘आखाको परेली ’ बोलको गीत सार्वजनिक भएको छ । उक्त भिडियोको निर्देशक तुलसी घिमिरेले आफ्नै यूटुब च्यानलबाट सार्वजनिक गरेका छन् । उक्त म्युजिक भिड्योमा रोशन श्रेष्ठ, सेबिका कोइराला, खगेन्द्र बिमली, विद्या न्यौपाने, गिप्सोन देउजाले अभिनय गरेका छन ।
भिडियो हेरेर दर्शकहरुबाट पाएको मायाले उत्साहित रहेको निर्देशक घिमिरले बताए । गीतलाई संयोगजंग विष्टले छायांकन सम्पादन, डिओपी तथा कलर करेक्सन गरेका छन । सार्बजनिक भएको गीतमा शब्द गायिका जोशीको रहेछ । संगीतमा जोशीलाई विशाल सविकरले साथ दिएका छन् ।
गीतको संगीत संयोजन, मिक्सिङ र रेकर्डिङ मनोज थापा मगरले गरेका हुन् । यस् गीतका गायक उल्सन श्रेष्ठ र गायिका सन्ध्या जोशी गएको बर्ष मात्र विवाह बन्धनमा बाधिएका हुन । नेपाल आइडलमा सन्ध्या टप १० मा पुगेकी थिइन् भने उल्सनले टप ८ सम्मको यात्रा तय गरेका थिए । उल्सन र सन्ध्याले यस अघि तरकारी, सुस्त लगायत गीतमा सहकार्य गरेका थिए ।