Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

इलाम अस्पतालमा बिरामीको संख्यामा वृद्धि

इलाम अस्पतालमा बिरामीको संख्यामा वृद्धि

  • सन्देश सम्वाददाता
  • शनिबार, साउन ७ २०७९


इलाम अस्पतालमा बिरामीको संख्यामा वृद्धि

इलाम । एकाएक बढेको गर्मीका कारण इलाम अस्पतालमा बिरामीको संख्यामा वृद्धि भएको छ । असार अन्तिम सातादेखी नै घाम लागेर भएको मौसम परिवर्तनका कारण बिरामीको संख्यामा वृद्धि भएको हो । हाल इलाम अस्पतालमा दैनिक करिब २ सयको संख्यामा बिरामी आइरहेको इलाम अस्पतालले जनाएको छ ।

बिरामीको चाप बढेका कारण उपचारमा समेत समस्या भएको छ । निश्चित जनशक्तिले सेवा दिनुपर्दा समस्या भएको बताइएको छ । खास गरेर इलाम अस्पतालमा रुघाखोकी, ज्वरोका बिरामी बढी आउने गरेको इलाम अस्पतालका प्रमुख डा। प्रभु शाहले जानकारी दिए । गर्मी र बर्खायाममा आउने दूषित पानीका कारण बिरामीको संख्यामा वृर्द्धि भएको हुन सक्ने उनले बताए ।

असार महिनामा गर्मी बढेका कारण पनि बिरामीको संख्यामा वृद्धि भएको हो । पानी पर्ने सिजनमा पानी नपरी घाम लाग्दा पहाडी जिल्लाहरूमा समेत गर्मी बढेको छ । इलाम अस्पतालमा दरबन्दी अनुसारका चिकित्सक नभएका कारण पनि उपचारमा समस्या भएको इलाम अस्पताल ब्यवस्थापक क्षितिज खतिवडाले बताए ।

इलाम अस्पताल लगायत जिल्ला भरकै निजी मेडिकल तथा अस्पतालहरूमा बिरामीको संख्यामा वृद्धि भएको छ । बिरामीको संख्या बढेसँगै बेडहरू भरिएका छन् । विशेषगरि बालबालिका र वृद्धवृद्धालाई बढी समस्या हुने गरेको छ । प्रसस्त मात्रामा पानी पिउनु पर्ने र मास्कको प्रयोग र भिडभाडबाट जोगिन समेत चिकित्सकहरूले सुझाव दिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार